पोखरीया नगरपालिका मा नापी तथा मालपोत कार्यालयको शाखा राख्न सम्वन्धित निकाय द्वारा निरीक्षण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १७ माघ । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरियामा मालपोत र नापी कार्यालयको शाखा कार्यालय स्थापनाका लागि सम्भावित स्थानको आज बिहीबार अवलोकन गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले पोखरियामा ती दुवै कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेपछि पोखरिया नगरपालिकाका जनप्रतिनिधी सहितका सरोकारवालाहरु त्यसका लागि जुटेका छन् । यसैक्रममा पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा बसेको सरोकारवालाहरु सहितको बैठक बसेको थियो ।

बैठकपछि मेयर चौहान सहित सरोकारवालाहरुको टोलीले कार्यालय स्थापनाका लागि पोखरिया–४ पोखरिया बजारमा अवस्थिते शिव मनिदर परिसर, कृषि शाखा कार्यालयको भवन र पोखरिया–९ सेमरवारी चोकमा रहेको सार्वजनिक धर्मशालाको अवलोकन गरेको हो ।

अवलोकन टोललीमा सहभागी सर्वेक्षक रामप्रमोद राउतले अवलोकन तथा निरीक्षण गरिएका स्थानमध्ये बाटै उपयुक्त स्थानमा मालपोत र नापी कार्यालय स्थापना गरि सञ्चालन गरिने बताए ।

अवलोकन टोलीमा भुमी व्यवस्थापन तथा अभिलेख प्रमुख टेकराज अर्याल, नापी कार्यालय, पर्सा का प्रमुख राकेश कुमार झा, अजय कुमार श्रीवास्तव, सर्वेक्षक रामप्रमोद राउत, नापी अधिकृत राजकुमार विश्रवकर्मा, मालपोत कार्यालय, पर्सा का रामरेखा चौरसिया, वडा अध्यक्ष प्रमोद गिरी, लक्ष्मण साह कानु, नौसाद आलम, सन्तोष गिरी, भगवान प्रसाद कुर्मी, पारस ठाकुर, सन्दिप साह कानु तथ स्थानिय संचारकर्मीहरु लगायतका सहभागीता रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 37 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 28 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-