श्रोत नखुलेको छ लाख नगद सहित एक जना भारतिय पक्राउ-

दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १७ माघ । वडा प्रहरी कार्यालय, विर्ताले विशेष सूचनाको आधारमा मंगलबार दिउँसो करिब ०४:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगर श्रोत नखुलेको रु. ६ लाख सहित एक जना भारतिय नागरीक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थान बाट BR 05 Q 4384 नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा सवार भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्ला मोतीहारी थाना रक्सौल ग्राम रक्सौल वडा नं. १४ बस्ने वर्ष २७ को ओम कुमार रौनियारलाई शंका लागी चेक जाँच गर्दा उक्त मोटरसाईकलको वाँया पट्टीको लेगार्डमा Gold Premium Jeera Rice लेखिएको प्लाष्टिकको बोरामा लुकाइ छिपाई राखिएको नेपाली र ५ सयको दरका नोट १ हजार २ सय थान गरी जम्मा रु. ६ लाख फेला पारी कानूनी रितपुर्‍याई खानतलासी बरामदी गरी उल्लेखित नम्बरको मोटरसाइकल तथा निज ओम कुमार रौनियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा थप अनुसन्धान कार्य भईरहेको कुरा बिहीबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 34 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 25 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-