पर्सा मा आफ्नै साथीको हत्या गर्ने तीन जना पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १५ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले आफ्नै साथीको हत्या गर्ने तीन जना व्यक्तिहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।सो कार्यालयले आज एक पत्रकार सम्मेलनको आयोजना गरि तीनै जनालाई सार्बजनिक गर्नुको साथै घटनाको बारेमा विस्तृत जानकारी पनि गराएको छ ।

पर्सा का प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र का अनुसार फागुन ०७ गते वीरगञ्ज महानगरपालिका वडा नं. २७, उदयपुर घुर्मी बस्ने जोगिन्द्र प्रसाद कुर्मीको छोरा वर्ष १९ को इशाल प्रसाद कुर्मी वीरगञ्ज काम गर्न जान्छु भनि घरबाट निस्कि गएकोमा हाल सम्म पनि छोरा घर नफर्किएकोले छोराको खोजतलास गरि पाउँ भनि निजको वुवा जोगिन्द्र प्रसाद कुर्मीले फागुन ०८ गते खोजतलासको लागि हुलिया निवेदन यस कार्यालयमा दिए पश्चात खोजतलास भइरहेकोमा फागुन ११ गते इशाल प्रसाद कुर्मीको शव भेंडहा खोलामा तैरिरहेको जानकारी प्राप्त हुना साथ यस कार्यालयबाट अनुसन्धानको लागि प्रहरी टोली खटि अनुसन्धान गर्ने क्रममा फागुन ०७ गते करिव ११:३० बजे इशाल प्रसाद कुर्मी लगायत छिमेकी साथीहरु भइ तास खेल्न गएकोमा पैसाको विषयलाई लिइ बाद बिबाद हुँदा निज इशाल प्रसाद कुर्मीलाई मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी समेतको मिलेमतोमा कर्तव्य गरि मारी भेडैया खोलामा फालेको कुरा खुल्न आएकोमा निजहरूलाई नियन्त्रणमा लिइ ज्यान सम्बन्धि कसूरमा ६ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा आजको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मिश्र ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 78 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 74 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views