मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २५ फागुन । वीरगंज कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरुलाई रमजानमा साँझको इफ्तारी गर्न वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खाद्य सामग्री उपलब्ध गराउनुभएको छ ।कारागारमा रहेका करिब २ सय मुस्लिम कैदीबन्दीहरुलाई पुग्ने सामग्री उहाँले व्यक्तिगत रूपमा उपलब्ध गराउनुभएको हो ।

महानगर प्रमुख सिंहले पठाउनु भएको सामग्री कारागारका निमित्त प्रमुख रुपक मण्डललाई हस्तान्तरण गरिएको प्रमुख सिंहका स्वकीय सचिव अफरोज आलमले जानकारी दिनुभयो ।इफ्तारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, चना, रुवाब्जा तथा अन्य खाद्य सामग्री उपलब्ध गराइएको आलमले जानकारी दिनुभयो ।मुस्लिम समुदायको महत्वपूर्ण चाड रमजान अहिले चलिरहेको छ ।

एक महिनासम्म चल्ने रमजानका बेला मुस्लिम समुदाय दिन भरी पानी समेत नखाई निराहार बस्ने परम्परा छ । साँझ भने इफ्तारी गर्ने गर्छन् । कारागारमा कैदी जीवन बिताइरहेकाहरूलाई इफ्तारी गर्न खाद्य सामग्रीको अभाव नहोस् भनेर महानगर प्रमुख सिंहले व्यक्तिगत रूपमा सहयोग उपलब्ध गराउनुभएको हो ।खाद्य सामग्री हस्तान्तरण गर्न खैरुद्धिन हवारी, भुषाल चौरसिया, अली हसन, हफिज मियाँ, सर्फुद्दिन मियाँ, सलाउद्दिन मियाँ लगायतको टोली कारागार पुगेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 34 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 38 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 24 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 50 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 97 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 84 views