नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २८ फागुन । नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रम सम्पन्न भएको छ । रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै कलेजले विशेष कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको अध्यक्षता नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक ईसरत जहाँ अन्सारीले गरेका थिए । प्रमुख अतिथि नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल कि निर्देशक डा.रुबी श्रेष्ठ यासमिनले कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन् ।

समारोहमा वक्ताहरूले होली पर्वको महत्वका साथै अस्पतालमा अहोरात सेवा गर्दै क्षेत्रको खटी यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमले पुर्‍याउने योगदानबारे चर्चा गरे ।

प्रमुख अतिथि डा.रुबी श्रेष्ठ यासमिनले सहकार्य र आपसी एकताको भावनालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै एस क्षेत्रको सुदृढीकरणका लागि सबै पक्षहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

अस्पताल निर्देशक अन्सारीले होली मिलन कार्यक्रमले अस्पतालको कर्मचारी क्षेत्रमा संलग्न व्यक्तिहरूलाई नजिक ल्याउने बताउँदै आगामी दिनमा अस्पताल अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले क्रमचारीहरूबीच आपसी समन्वय र समझदारी बढाउने यस्ता अवसरहरूले संस्थागत विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।

कार्यक्रममा विभिन्न रंगै रंग समेत समावेश गरिएको थियो। सहभागीहरूले आपसमा रंगहरू आदान-प्रदान गर्दै आपसी मेलमिलाप र सद्भावको सन्देश प्रवाह गरे ।

समारोहका अन्त्यमा आयोजक टोलीले उपस्थित सम्पूर्ण क्रचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्‍यो ।

यसरी, नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालद्वारा आयोजित होली मिलन कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भयो ।कार्यक्रममा विभिन्न बिभागका कर्मचारी हरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 49 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 43 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 30 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 56 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 105 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 89 views