वीरगंजमा प्रहरी द्वारा पत्रकार माथि निर्मम दमनः प्रेस स्वतन्त्रता माथि खुला हमला, अहिले तनावको स्थिति श्रृजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०२ बैशाख । हनुमान जन्मोत्सवको झाँकीमाथि भएको ढुंगामुढापछि उत्पन्न तनाव अझ चुलिँदै जाँदा, त्यस घटनाको समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरीले निर्घात लाठी प्रहार गरी पत्रकारिता क्षेत्रमाथि खुला हमला गरेको छ ।

स्थानीय प्रशासनले सोमबार केही हिन्दुवादी युवाहरुलाई नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा तनाव सृजना भएको थियो । त्यही विषयमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरूमाथि मंगलबार प्रहरीले अकल्पनीय दमन गर्‍यो । चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धिरेन्द्र तिवारी, एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ता लगायत केही सर्वसाधारण प्रहरीको निर्मम लाठी चार्जबाट घाइते भएका छन् ।

सत्य तथ्य उजागर गर्न, जनतासामु साँचो सूचना पु-याउन अग्रपंक्तिमा खटिने पत्रकारहरूमाथि भएको यो दमनले प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि खुला प्रहार भएको छ। यस घटनाले नेपाल प्रहरीको असहिष्णु, निरंकुश र प्रेसविरोधी चरित्र फेरि एकपटक उजागर गरिदिएको छ ।“प्रेस स्वतन्त्रता कुण्ठित पार्ने जुनसुकै गतिविधि र दमनप्रति हाम्रो गम्भीर आपत्ति छ। लोकतान्त्रिक मुल्यमान्यतालाई कुल्चिने प्रहरीका यस्ता कदमहरू क्षम्य हुन सक्दैनन्,” घटनास्थलमा रहेका पत्रकारहरूले आक्रोश पोखेका छन् ।

दुई दिन अघि हनुमान जन्मोत्सवको झाँकीमा भएको ढुंगामुढापछि वीरगंज तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू समेत लगाएको थियो। तर शान्ति सुरक्षाको नाममा निर्दोष युवाहरुको गिरफ्तारी र पत्रकारहरूमाथिको लाठीचार्जले प्रशासनको चरित्रप्रति नै गम्भीर प्रश्न उठाएको छ ।यो घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने आवाज सामाजिक सञ्जालदेखि मानवअधिकारकर्मी र पत्रकार संगठनहरूसम्म फैलिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 35 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 29 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 42 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 188 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 53 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 50 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ