डुवान बाट बचाउन पूर्व तयारी, वीरगंजको मुख्य नाला सफाईमा तिब्रता, अब वीरगंज डुब्दैन : प्रमुख सिंह

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०६ बैशाख । वीरगंज महानगरपालिकाले यहाँको मुख्य नाला सफाइलाई तिब्रता दिएको छ ।

वर्षाको समय नजिकिएको र बजार डुबान हुन बाट बचाउन मुख्य नाला सफाई अनिवार्य रहेकाले हुलाक कार्यालय देखि भन्सार क्षेत्र सम्मको मुख्य नाला सफाई धमाधम भइरहेको हो ।

छपकैया स्थित पानी प्रशोधन केन्द्र देखि उत्तर तर्फ सफाइको काम सकेर अहिले दक्षिण तर्फ भन्सार सम्म सफाईको काम चलिरहेको छ ।

महानगर प्रमुख राजेशमान सिंहले वर्षाको समयमा डुबानको समस्या हुन नदिन अहिले बाटै तयारी स्वरुप मुख्य नाला सफाई गरिएको बताउनु भयो । मुख्य नाला सफाई सँगसँगै सहायक नाला सफाई समेत भइरहेको पनि उहाँले बताउनु भयो ।

महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यम बाट नाला सफाईको काम तिब्र पारिएको पनि उहँले बताउनु भयो । स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको उहाँको भनाई छ ।

नाला सफाई कार्यको अवलोकन गर्नु हुँदै महानगर प्रमुख सिंहले नाला सफाईको काम सकिए पछि अब वीरगंज नडुब्ने बताउनुभयो । ‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिँदा पानी सहज रुपमा बग्न सकेको थिएन,’ महानगर प्रमुख सिंहले भन्नुभयो, ‘सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई भए मात्रै वीरगंज डुबानबाट बँच्ने भएकाले यसको सफाई प्रमुख प्राथमिकतामा राखेर गरिरहेका हौं ।’

विगतदेखि नै सफाई गरिएकाले गएको दुई वर्षदेखि वीरगंज डुबान मुक्त पारिएको बताउँदै उहाँले अहिले पनि मुख्य नालाको सुरुदेखि अन्तिम बिन्दुसम्मै सफाईको काम चलिरहेको बताउनु भयो । महानगर प्रमुख सिंहले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गर्नु भएको छ । ‘सरसफाईमा नागरिक सहभागिता पनि जरुरी छ, महानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,’ उहाँले भन्नुभयो, ‘नागरिक सहभागिता जरुरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छौ, पटक–पटक अटेर गरिए कारबाही पनि गर्छौं ।

’मुख्य नाला सफाई गर्न अहिले चार वटा स्काभेटर र २५ जना सफाईकर्मी दैनिक रुपमा खटिरहेको महानगरपालिकाका हरियाली तथा सरसफाई संयोजक जयप्रकाश खेतानले जानकारी दिनुभयो । मुख्य नालाको निरन्त सफाईले विगत दुइ वर्षदेखि वीरगंज बजार क्षेत्र डुबान मुक्त बनेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 31 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 27 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 39 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 186 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 52 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ