स्रोत नखुलेको लाखौं रुपैंया सहित दुई जना मानिसहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ जेष्ठ । प्रहरी चौकी, परवानीपुर ले विशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:३० बजेको समयमा लाखौं रुपैंया सहित बाईक र दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर चौकमा मधेश प्रदेश ०३-०२९ प ४९७४ नम्बरको रातो कालो 150 CC को पल्सर मोटरसाईकलमा सवार पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष २५ को सुरेश कुमार बर्णवाल र भारतको विहार राज्य, जिल्ला बेतीया, ग्राम बकुलहर बस्ने वर्ष १९ को सत्यम कुमारलाई शंका लागि चेक जाँच गर्दा सुरेश कुमार बर्णवालले भिरेको कालो रंगको ब्यागभित्र लुकाइ छिपाई राखिएको रु. १२ लाख नेपाली सहित निजहरु लाई पक्राउ गरिएको हो ।

निजहरूको साथ बाट रू. १००० दरका नोट ७ सय ७१ थान गरी रु. ७ लाख ७१ हजार र रू. ५०० दरका नोट ८ सय ५८ थान गरि रू. ४ लाख २९ हजार गरी जम्मा रू. १२ लाख फेला पारी रित पुर्वक बरामद गरी निजहरूलाई उल्लेखित नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्द मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालत बाट तीन दिन को म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको कुरा मंगलबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 19 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 31 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 185 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 43 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी