बिश्व साईकल दिवसको अबसरमा भारतको महावाणिज्य दूतावास द्वारा साईकल ऱ्यालीको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २० जेष्ठ । विश्व साईकल दिवसको अबसरमा भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले बीरगंजमा साईकल ऱ्यालीको आयोजना गरेको छ ।

बीरगंज साइकलिङ्ग क्लब, बारा राइडर्स एसोसिएसन जितपुर-सिमरा बारा, नेपाल इनोभेटिभ सोसाइटी बीरगंज र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर, बीरगंजको सहकार्यमा मंगलबार विश्व साइकल दिवसको अवसरमा साइकल ऱ्यालीको आयोजना गरिएको थियो ।

यो कार्यक्रम मानव स्वास्थ्यमा साइकल चलाउनुका फाइदाहरू र वातावरण संरक्षणमा यसको भूमिकाको बारेमा चेतना फैलाउन वाणिज्य दूतावासको पहलको एक हिस्सा रहेको थियो ।

कार्यक्रममा नागरिक समाजका सदस्यहरू, अभियन्ताहरू, बिरगंज साइक्लिङ क्लब, बारा राइडर्स एसोसिएसन, नेपाल इनोभेटिभ सोसाइटी र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका सदस्यहरू लगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, वाणिज्य दूतावासका पदाधिकारीहरू/अधिकारीहरू आदिको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वाणिज्य दूतावास परिसरबाट सुरु भएको ऱ्यालीमा लगभग ७५ जना सहभागी रहेका थिए । यो ऱ्याली घण्टाघर, माइस्थान, आर्दशनगर, बिर्तामाई, नारायणी अस्पताल, रजत जयन्ती चोक हुँदै प्रतिष्ठित शंकराचार्य गेट (भारत-नेपाल सीमा) पुगेको थियो । शंकराचार्य गेट पुगेपछि ऱ्याली सोही बाटो हुँदै वाणिज्य दूतावासमा फर्किएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 29 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 26 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 25 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 28 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 29 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 31 views
    आजको राशिफल