बाल सुधार गृह बाट ठगी गर्ने बाल बिज्याईकर्ता पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०२ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले अपराधिक लाभ कसुरमा बुधबार एक जनालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बाल सुधार गृह, पर्सा वीरगञ्जमा विभिन्न मिति र समयमा अदालतहरूले बिभिन्न मुद्दामा कैद भुक्तानको लागि पठाइएका कैदीहरूलाई लागु औषध सम्बन्धि कसूर मुद्दाका कैदी तथा बाल सुधार गृहका चौकीदार सिराहा जिल्लाको लाहान नगरपालिका वडा नं. ०३ बस्ने वर्ष २४ को प्रमानन्द गुप्तालाई नियन्त्रणमा लिएको हो ।

गुप्ताले कैदीहरू संग आफू चौकीदारको हैसियतमा रहेको बखत कैदीहरूलाई दबाब तथा प्रभावमा पारी १० जना कैदीहरू संग रु.१० लाख १५ हजार ३ सय ७० बराबरको रकम नगद तथा E-sewa मार्फत लिएकोमा निज चौकीदार कैदी प्रमानन्द गुप्ता बुधबार उक्त बाल सुधार गृहबाट कैद भुक्तान गरी छुट्ने जानकारी भए पश्चात् पीडित कैदीहरूले बाल सुधार गृह प्रशासन तथा प्रहरीलाई जानकारी गराइ रित पूर्वक जाहेरी दरखास्त दिएका थिए ।

सूचना प्राप्त हुना साथ निज प्रमानन्द गुप्तालाई नियन्त्रणमा लिइ निज विरुद्द ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ ( एक्सटर्सन ) सम्बन्धि कसूरमा तीन दिन को म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा आज सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 178 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 50 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 45 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 41 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 42 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 42 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु