बीरगंज का एक चित्रांश परिवार द्वारा चित्रगुप्त समितिको अक्षय कोषका लागि पाँच लाखको सहयोग-

-दीपेन्द्र प्रजापति/कालो झोला।

बीरगन्ज, ०७ श्रावण । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश परिवारले चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५ हजार उपलब्ध गराएका छन् ।

आफ्नो मृतक भाइ सुर्य मोहन लालको चिर स्मृतिमा बीरगन्ज महानगर पालिका वडा न ३ का सुशील कुमार लाल , गगन मोहन लाल ,अजित मोहन लाल र खड्ग मोहन लालले चित्रगुप्त समिती बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५ हजार रुपैया उपलब्ध गराएका हुन । एक सडक दुर्घटनामा केही वर्ष अधि सुर्यमोहन लाल को मृत्यु भएको थियो ।

बुधबार दाता परिवारको तर्फबाट गगन मोहन लालले चित्रगुप्त समिति बीरगन्जका अध्यक्ष महेश दासलाई ५ लाखको चेक हस्तान्तरण गर्नु भयो । स्वर्गीय सुर्यमोहन लाल भतिजो मनिष सुमनले अविवाहित काकाको अंशको रुपैया काकाको चिरस्मरण को लागि अक्षयकोष स्थापना गरि चित्रगुप्त समिति मार्फत गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन ५ लाख ५ हजारको चेक हस्तान्तरण गरिएको बताए ।

दाता परिवारबाट प्राप्त रकमबाट आर्थिक रुपमा विपन्न जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा छात्रवृत्ति दिइने तथा अति आवश्यक विरामीलाई औषधि उपचारमा आर्थिक सहयोग प्रदान गरिने समितिका अध्यक्ष महेश दासले बताए ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 30 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 27 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 39 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 186 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ