– दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २९ श्रावण । नेशनल मेडिकल कलेज प्रा लि, बीरगंज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्स लिमिटेडबीच आज एक वर्षे स्वास्थ्य सेवा सहकार्य सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौता अनुसार आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका बीमित ग्राहकहरूले नेशनल मेडिकल कलेजमा स्वास्थ्य उपचार गर्दा बीमा सुविधा प्राप्त गर्ने छन् ।
साथै दुवै पक्षले विरामीको सहज पहुँचका लागि आपसी समन्वय, शुल्क तालिका आदान–प्रदान, सेवा गुणस्तर अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम गर्ने व्यवस्था गरेका छन् ।
आजको कार्यक्रममा नेशनल मेडिकल कलेजकी एकेडेमिक निर्देशक डा.रुबी श्रेष्ठ यासमिन र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका सहायक महाप्रबन्धक अमरबहादुर गौतमले हस्ताक्षर गर्नुभएको हो ।
उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजको तर्फबाट प्रमुख सूचना अधिकृत. प्रदीप चौधरी ,मार्केटिङ म्यानेजर जितेश चन्द्र दास ,प्रशासन अधिकृत विश्वनाथ कान्त , प्रशासन अधिकृत प्पु सिंह तथा आईजीआई प्रुडेनशियल इन्स्योरेन्सको तर्फबाट. सहायक प्रबन्धक धनञ्जय कुमार ठोकर उपस्थित रहेको थियो ।
सम्झौता पछि दुवै संस्थाले यस सहकार्यले बीमित ग्राहकलाई गुणस्तरीय, छिटो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।










