यात्रु कम्तीमा एक घन्टा अगाडि अध्यागमनमा पुगिसक्नुपर्ने

भदौ १ , काठमाडौं । विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घन्टा अगाडि नै पुग्नुपर्ने भएको छ ।

अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तीमा एक घन्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

‘विशेष गरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरुको हकमा यो समस्या रहेछ’, उनले अनलाइनखबरसँग भने, ‘अन्तिम समयमा जाँच डेस्क अफिसरलाई समेत चेकजाँच गर्न कठिनाइ हुने हुँदा यसमा कडाइ गरिएको हो ।’

अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायबीच छलफल समेत गराएको थियो । त्यसपछि यो निर्णय लिइएको हो ।

विमानस्थलमा रातिको समयमा यात्रुको चाप रहने भएकाले नागरिक उड्डयान प्राधिकरणलाई उडानको तालिम समेत लचिलो बनाएर पछाडि सार्न आग्रह गरिएको भनिएको छ ।

विमानस्थल अध्यागमनका कर्मचारीको मिलेमतोमा संगठित गिरोहले नेपाली युवालाई असुली गरेर पठाएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । तत्कालीन विमानस्थल प्रमुख सहसचिव तीर्थराज भट्टराई यो मामिलामा पक्राउ परेपछि नेतृत्वमा नयाँ सहसचिव पठाइएको थियो ।

यद्यपि, भिजिट भिसामा असुली गरेर पठाउने क्रम नरोकिएपछि गृह मन्त्रालयले विमानस्थल अध्यागमनमा नरहरि घिमिरे र अध्यागमन महानिर्देशकमा तिवारीलाई पठाएको थियो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 77 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 74 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views