विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय साझेदारहरूसँग मिलेर सरकारले काम गरिरहेको बताएका छन् ।

विश्व मानवतावादी दिवसका अवसरमा काठमाडौँमा आयोजित ‘नेपाल मानवतावादी सम्मेलन –२०२५’ को सम्बोधनमा गृहमन्त्री लेखकले विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता, अनुभवहरुको आदानप्रदान र कार्यान्वयनयोग्य समाधानहरू खोज्नुपर्ने बेला भइसकेको बताएका हुन् ।

‘विश्वव्यापी ऐक्यबद्धतालाई सबल र स्थानीय समुदायलाई बलियो’ भन्ने नारासहित आयोजित सम्मेलनमा उनले जटिल भौगोलिक विविधताका कारण पनि नेपालमा प्राकृतिक प्रकोप र मानवीय संकटहरू दोहोरिरहेको बताए । 

भूकम्प, बाढी, पहिरो, खडेरी, डढेलोजस्ता प्राकृतिक प्रकोपका अतिरिक्त जलवायु परिवर्तन, वातावरणीय क्षय, द्वन्द्व तथा बढ्दो असमानताका कारण मानवीय कार्यले चुनौतीको सामना गर्दै आएको उनको भनाइ छ ।

विपद् तथा मानवीय संकटहरुमा स्थानीय सरकार, समुदाय, स्वयंसेवी संस्था र व्यक्तिहरु पहिलो उद्धारकर्ता हुने गरेको गृहमन्त्री लेखकले बताए ।  उनले भने- ‘हामीले यो कुरा दश वर्षअघिको गोरखा भूकम्पपछिको खोज तथा उद्धार, राहत तथा सुरुवाती पुनर्स्थापनामा पनि देख्यौं। विपद् तथा संकटका समयमा मानवीय सहयोगको क्रम निरन्तर मात्रै छैन, त्यसमा बढोत्तरी भएको छ।  नेपाल मानवीय सहयोगको क्षेत्रमा अग्रणी छ । विपद्को समयमा नेपालीहरुमा सहयोगको भावना अझ बढेको देख्न सकिन्छ ।’ 

नेपालको संविधानले स्थानीय तहलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको गृहमन्त्री लेखकले बताए । उनले भने- ‘स्थानीय तहलाई सबल बनाउने कार्यका लागि पालिकास्तरमा विपद् व्यवस्थापन समिति, स्थानीय आपतकालीन कार्यसंचालन केन्द्र, हरेक पालिकामा गोदामघरको व्यवस्था, पालिकामा बस्ने स्वयंसेवकहरुको गठन तथा तालिम, स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्थालगायतको व्यवस्था गरिएको छ । सरकारले आपतकालीन तयारी, जोखिम न्यूनीकरण र पुनर्निर्माणमा स्थानीय नेतृत्वलाई प्राथमिकतामा पनि राखेको छ ।’

सम्मेलनले स्थानीय नेतृत्वलाई मजबुत बनाउने र समान साझेदारी बढाउने विषमा पर्याप्त छलफल गरी एउटा निश्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे । 

गृहमन्त्री लेखकले मानवतावादी प्रणालीमा बढ्दो वित्तीय चुनौतीहरूलाई स्थानीय स्तरबाट सञ्चालित संयन्त्रमार्फत सम्बोधन गर्दै दिगो वित्तीय संरचना निर्माणको आवश्यक औल्याए  । उनले भने- ‘यसका लागि हामीले स्थानीय सरकारको क्षमता विकास, स्वयंसेवक व्यवस्थापन, सुशासन तथा समन्वय प्रणालीमा लगानी गर्नुपर्नेछ । साझेदारी विस्तारले स्थानीय सरोकारवालालाई सशक्त बनाउन मद्दत गर्छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका सफल अभ्यास र अनुभवहरूको अभिलेखन र आदानप्रदान हुन सक्यो भने त्यसले विश्वव्यापी रुपान्तरणलाई प्रेरित पनि गर्छ।’

स्थानीय तह एवं समुदायको क्षमताको विकासका साथै आपतकालीन तयारी र दिगो पुनर्निर्माणका लागि सरकार निरन्तर प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए । उनले भने-  ‘आपतकालीन तयारीहरुमा तीनै तहका सरकारको लगानी क्रमशः बढ्दै गएको छ । समुदायको क्षमता विकासमा पनि हामीले उचित ध्यान दिँदै लगानी बढाउन थालिसकेका छौं । आवासको हक पनि सुरक्षित होस् र दिगो पुनर्निर्माणमा पनि योगदान पुगोस् भनेर हामीले सबैखाले विपद्का घटनाहरुबाट घरबारविहीन भएका नागरिकलाई अस्थायी एवं स्थानीय आवास बनाउन ३ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्मको अनुदान दिँदै आएका छौं ।’

भविष्यका चुनौतीहरूलाई सामना गर्न विकास साझेदार निकाय, अन्तर्राष्ट्रिय साझेदार संस्थाहरु र राष्ट्रिय गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्दै सक्षम मानवीय संरचना निर्माण गर्न कटिबद्ध रहेको गृहमन्त्री लेखकले बताए ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 43 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 42 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 62 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 74 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 111 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 95 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-