वीरगंज महानगरमा सम्पदा संरक्षण समिति गठन, सबै धार्मिक स्थलहरु अनिवार्य सूचिकृत हुनु पर्छ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०५ भाद्र । वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा रहेका मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको संरक्षण तथा व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउने भएको छ । यसका लागि महानगरले विशेष सम्पदा व्यवस्थापन समिति गठन गरी काम प्रारम्भ गरेको हो ।

महानगरले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूको दीगो संरक्षण गर्ने उद्देश्यसहित सम्पदा व्यवस्थापन सम्बन्धी ऐन नै निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

अब ३२ वटै वडामा रहेका सम्पूर्ण मठ–मन्दिर, मस्जिद तथा चैत्य–गुम्बाको अभिलेख संकलन गरी सूचिकृत गर्ने तयारी गरिएको छ ।यसका लागि प्रत्येक वडा कार्यालयमार्फत तथ्यांक संकलनको प्रक्रिया सुरु हुनेछ। अभिलेख संकलन कार्य सम्पन्न भएपछि सम्पदाहरूलाई अनिवार्य रूपमा सूचिकृत गरी संरक्षण र संवर्द्धनका लागि दीर्घकालीन कार्ययोजना अघि बढाइने महानगरले जनाएको छ ।

समितिको संयोजक महानगर प्रमुख राजेशमान सिंह रहनु भएको छ । समितिमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा अध्यक्ष जगत साह कानु, प्रदीप चौरसिया, कलावती राजपुतिन, श्रीनन्दन मिश्र र जय किशोर पाण्डे सदस्यका रूपमा रहेका छन् भने शाखा अधिकृत सुशीला देवकोटा सदस्य–सचिवको जिम्मेवारीमा नियुक्त भएकी छिन् । समितिका सदस्यहरूलाई आज एक औपचारिक कार्यक्रमकाबीच पत्र हस्तान्तरण गरी जिम्मेवारी प्रदान गरिएको छ ।

महानगर प्रमुख सिंहका अनुसार धार्मिक सम्पदाहरू व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न अनिवार्य रूपमा सूचिकृत गरिनेछ । हाल महानगरभित्र रहेका कतिपय मठ–मन्दिर, मस्जिद तथा गुम्बाहरू व्यक्तिगत स्वार्थअनुसार मनपरी ढंगले सञ्चालन हुँदै आएको बताउँदै उहाँले अब ती सम्पदाहरूलाई नियमन गर्ने र श्रद्धालु भक्तजनहरूले चढाएको दान–चन्दा दुरुपयोग हुन नदिन कडाइका साथ प्रावधानहरू लागू गरिने जानकारी दिनुभयो ।

सिंहले थप भन्नुभयो, “हाम्रो उद्देश्य सम्पदाको संरक्षण मात्र होइन, पारदर्शिता र धार्मिक संस्थाहरूको दीगो विकास सुनिश्चित गर्नु हो। भक्तजनले गरेको दान–चन्दा त्यही सम्पदाको संरक्षण तथा संवर्द्धनमै खर्च हुने वातावरण सिर्जना गर्नुपर्छ ।

”समितिले आगामी दिनमा प्रत्येक वडामा रहेका सम्पदाको लगत संकलन गरी सूची सार्वजनिक गर्ने र त्यसका आधारमा संरक्षण तथा व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसबाट धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको दीर्घकालीन संरक्षण हुने अपेक्षा छ । साथै यसले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमार्फत शहरको पहिचान सुरक्षित हुने विश्वास महानगरको रहेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि