कक्षा ९ र ११ का लागि वीरगंजमा छात्रवृत्ति परीक्षा सम्पन्न, छिट्टै नतिजा प्रकाशन हुने-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०६ भाद्र । वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षा शुक्रबार सम्पन्न गरेको छ । संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई अवसर दिलाउनका लागि महानगरले चारवटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरेको हो ।

यस वर्ष कक्षा ९ र ११ मा अध्ययन गर्न २ हजार ३ सय १ जना विद्यार्थीले अनलाइन फाराम भरेका थिए । तर, करिब २ सय ६८ जना विद्यार्थी परीक्षा दिन अनुपस्थित भएका छन् । बिहान साढे सात बजे देखि सुरु भई डेढ घण्टा चलेको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो ।

महानगरले प्रत्येक वर्ष कक्षा ९ र ११ का लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले क्रमशः कक्षा १० र १२ सम्म सोही सुविधा निरन्तर पाउने व्यवस्था गरिएको छ । यस वर्ष महानगरभित्र सञ्चालनमा रहेका कक्षा ९ का लागि ८० र कक्षा ११ का लागि ३८ संस्थागत विद्यालयमा छात्रवृत्तिको व्यवस्था मिलाइएको छ । विद्यालयको विद्यार्थी संख्याको १० प्रतिशत बराबर छात्रवृत्ति सिफारिस गर्नुपर्ने नियम रहेको छ, जसअनुसार परीक्षामा सफल हुने विद्यार्थीलाई क्लस्टरअनुसार सिफारिस गरिनेछ ।

यसै गरी छात्रवृत्तिको सिफारिस गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका र वीरगंज महानगरपालिकाका स्थायी बासिन्दा रहेका विद्यार्थीलाई प्राथमिकता दिइएको छ । यसका अतिरिक्त महिला, दलित, आदिवासी–जनजाति, अपाङ्गता भएका व्यक्ति, शहीद तथा बेपत्ता परिवारका बालबालिका र मधेश आन्दोलनका घाइतेका बालबालिकाका लागि छुट्टै आरक्षण कोटा राखिएको छ ।

शुक्रबार सम्पन्न परीक्षा चारवटा परीक्षा केन्द्रमा एकैपटक सञ्चालन गरिएको थियो । विद्यार्थीहरूको सहजता र व्यवस्थापनलाई ध्यानमा राखेर परीक्षा केन्द्रहरू तोकिएको शिक्षा महाशाखाले जनाएको छ । प्रश्नपत्र तयार गर्नेदेखि उत्तरपुस्तिका व्यवस्थापनसम्म सबै प्रक्रिया पारदर्शी ढंगले गरिएको महानगरको दाबी छ ।

महानगरले केही दिनमै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन भएपछि छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा पठाउन आवश्यक प्रशासनिक प्रक्रिया सुरु गरिनेछ । यसले आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर दिलाउँदै आएको छ ।

शिक्षा क्षेत्रमा समान अवसर सुनिश्चित गर्न र असमानता घटाउन महानगर आफैंले छात्रवृत्तिको परीक्षा लिएर संस्थागत विद्यालयमा अध्ययनका लागि सिफारिस गर्ने गरेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि