बलिवुड फिल्म वार-२ र कुलीले ११ दिनमा कति कमाए ?

काठमाडौँ । बलिवुडमा हाल दुई ठुला बजेटका फिल्म प्रदर्शनमा रहेका छन् ।

ऋतिक रोशन र जूनियर एनटीआरको वार- २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएका थिए ।

रिलिजको ११ दिनमा रजनीकान्तको फिल्म कुलीले भारतमा २५६.७५ करोड कमाई गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ६५ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५४.७५ करोड कमाई गरेको थियो । त्यस्तै कुलीले तेस्रो दिन भारतमा ३१.२१ करोड कमाई गरेको थियो भने चौथो दिन ३५.२५ करोड, पाँचौं दिन १२ करोड र छैटौं दिन ९.५० करोड कमाई गरेको छ । त्यस्तै सातौं दिन फिल्मले ७.५ करोड र आठौं दिन विहिबार ६.२५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले नवौं दिन ५.८५ करोड, दशौँ दिन १०.५ करोड र ११औं दिन १०.७५ करोड कमाई गरेको छ ।

त्यसैगरी वार-२ ले पनि बक्सअफिसमा जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले ११ दिनमा २२१ करोड कमाई गरेको छ । फिल्मले भारतमा पहिलो दिन ५२ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५७.३५ करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो दिन शनिबार फिल्मले ३३ करोड कमाई गरेको थियो भने चौथो दिन ३२. ६५ करोड, पाँचौं दिन ८.७५ करोड र छैटौं दिन ८.२५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले सातौं दिन ५.७५ करोड र आठौं दिन ५ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले नवौं दिन ४ करोड, दशौँ दिन ६.२५ करोड र एघारौँ दिन ६.५० करोड कमाई गरेको छ ।

सुपरस्टार रजनीकान्तकोको फिल्म कुलीले दक्षिण भारतमा आफ्नो दबदबा कायम गरेको छ भने ऋतिक र जुनियर एनटीआरको फिल्म वार-२ ले हिन्दी भाषामा दबदबा कायम गरेको देखिएको छ ।

कुली यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । सुपरस्टार रजनीकान्त बाहेक, बलिउड सुपरस्टार आमिर खान, नागार्जुन, श्रुति हासन, सोबिन शाहीर र उपेन्द्र राव पनि यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म करिब ४ सय करोडको बजेटमा बनाइएको छ । अर्कोतर्फ ऋतिक रोशनसँगै जुनियर एनटीआरको फिल्म वार-२ को लागत पनि चार सय करोड रहेको छ ।

  • Related Posts

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

     पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार…

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

     गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई…

    पहिलो

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 51 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 27 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    • April 20, 2026
    • 51 views
    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    • April 20, 2026
    • 25 views
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    • April 20, 2026
    • 43 views
    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    • April 20, 2026
    • 28 views
    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग