जनयुद्ध र चेसको गहिरो सम्बन्ध छ- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितामा प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गरेका छन् ।

प्रचण्डले भक्त राणा मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्दै उनको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने बताए । उनले भने- ‘भक्त राणा मगर युद्धमा नै घाइते हुनुभयो, उपचारकै क्रममा वीर अस्पतालमा उहाँको निधन भयो। उहाँको स्मृति हामी सबैको मनमा ताजा छ।’

प्रचण्डले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्व रहेको बताए । उनले भने- ‘१० वर्षको जनयुद्धको अवधिमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो। यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि ठूलो योगदान दिएको थियो । रणमैदानमा दुश्मनसँग चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो ।’

प्रचण्डले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिए । उनले खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रचण्डले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिंदै भने- ‘यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु ।’

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 38 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 28 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-