आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध बिग्रिदैन- गृहमन्त्री लेखक

वीरगंज । गृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालको रहेको बताएका छन् ।

प्रेस युनियन पर्साद्वारा वीरगंजमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध नबिग्रिने बताउदै मित्र राष्ट्र भारतले चित्त दुखाउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।  लेखकले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले लिपुलेख-कालापानी नेपालको भूमि रहेको भन्दै भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गरेको बताए । 

उनले भारत र चीनले नेपालको भूमिलाई लिएर गरेको सम्झौताप्रति प्रधानमन्त्री ओलीले जनाएको आपत्ति ठीक रहेको उनको तर्क छ ।  उनले भने- ‘त्यो कुरामा हामी प्रष्ट भन्न चाँहन्छौं त्यसपसमा आपति छैन । र, हाम्रो भूमि हाम्रो हो भन्दा कुनै मुलुकले पनि चित्त दुखाउनुपर्ने कारण पनि छैन । यो हाम्रो हो हामी भनिरहन्छौं, यसले सम्बन्ध बिग्रनपर्ने कुरा पनि छैन ।’ 

संविधान संशोधनका कुरामा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा गृहमन्त्री लेखकले संविधान संशोधन हुनेमा नेपाली कांग्रेस र एमाले ‘क्लियर’ रहेको बताए । गृहमन्त्री लेखकले भने- ‘नेपाली कांग्रेस र एमालेले गरेर मात्र हुँदैन, राष्ट्रिय सहमतिको वातावरण गरेर सहमतिका साथ संविधान संशोधन हुनेछ । यसका लागि आ–आफ्नो पार्टीमा कमिटी गठन गरेर अगाडि बढ्ने छलफल भइसकेको छ ।’ 

वीरगंजको हैजाको सवालमा गृहमन्त्री लेखकले सरकारले गर्ने सबै आवश्यक सहयोग गरिरहेको बताउदै औषधी, थप जनशक्तिसहित आवश्यक अन्य सहयोग गर्न पनि सरकार तयारको उनले बताए ।

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 34 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 25 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-