संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । 

आज दिनको साढे १२ बजे बस्ने प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान ११ बजेदेखि शुरु हुने प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरुसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यसैगरी आज बिहान साढे ११ बजे बस्ने प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ । 

त्यस्तै आज बिहान ९ बजेदेखि शुरु हुने राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा वारेमा छलफल हुने कार्यसूची रहेको छ ।

  • Related Posts

    तरुण दलका अध्यक्ष गुरुङले दिए राजीनामा

    काठमाडौँ । तरुण दलका अध्यक्ष विद्धान गुरुङले राजीनामा दिएका छन् । काँग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले बुधबार पदबाट राजीनामा दिएका हुन् । उनले तोकिएको समयमा तरुण दलको महाधिवेशन…

    गगनविरुद्ध अभिव्यक्ति दिएका कान्छाराम निलम्बन, खडका बारेको निर्णय प्रक्रिया तामेलीमा

    काठमाडौँ ।  नेपाली काँग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गरेको छ ।  काँग्रेसको केन्द्रीय अनुशासन समितिले यस अघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पार्टीको विधान, २०१७…

    पहिलो

    किर्ते गरेको आरोपमा रुपन्देही मालपोतका तत्कालिन प्रमुखसहित ७ जनाविरुद्ध मुद्धा दायर

    • April 29, 2026
    • 7 views
    किर्ते गरेको आरोपमा रुपन्देही मालपोतका तत्कालिन प्रमुखसहित ७ जनाविरुद्ध मुद्धा दायर

    तरुण दलका अध्यक्ष गुरुङले दिए राजीनामा

    • April 29, 2026
    • 9 views
    तरुण दलका अध्यक्ष गुरुङले दिए राजीनामा

    एमसीसी अन्तर्गत धानखोला-लमहीको ४० किमी सडकको स्तरोन्नति कार्य शुरु

    • April 29, 2026
    • 12 views
    एमसीसी अन्तर्गत धानखोला-लमहीको ४० किमी सडकको स्तरोन्नति कार्य शुरु

    गगनविरुद्ध अभिव्यक्ति दिएका कान्छाराम निलम्बन, खडका बारेको निर्णय प्रक्रिया तामेलीमा

    • April 29, 2026
    • 12 views
    गगनविरुद्ध अभिव्यक्ति दिएका कान्छाराम निलम्बन, खडका बारेको निर्णय प्रक्रिया तामेलीमा

    सम्पत्ति छानबिन आयोग गठनविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

    • April 29, 2026
    • 9 views
    सम्पत्ति छानबिन आयोग गठनविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

    अनधिकृत रुपमा ठेक्का प्राप्त प्रकरण: आशिष निर्माणका सञ्चालक पक्राउ

    • April 29, 2026
    • 9 views
    अनधिकृत रुपमा ठेक्का प्राप्त प्रकरण: आशिष निर्माणका सञ्चालक पक्राउ