भ्रष्टाचार उन्मुलनलाई जीवनमरणको विषयको रुपमा लिएको छु- कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको पुनर्निमाण गर्ने रहेको बताए ।

उनले आफुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुदा प्राप्त गरेको प्राविधिक र व्यवस्थापकीय ज्ञानको प्रयोग गरेर काम गर्ने बताए । उनले जेनजी युवाहरुको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्नु अहिलेको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताएका छन् ।  

घिसिङले तत्काल डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिएका छन् । उनले अहिले देश संकटमा पनि रहेको अवस्थामा उद्योगीहरुले देशलाई सहयोग गरेको सम्झिएर तुरुन्त डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न पनि आग्रह गरेका छन् ।

घिसिङले पुनर्निमाणको काम तत्काल अगाडी बढाउने, पुनर्निर्माणको लागि हाम्रो सार्बजनिक स्थल हामी आफै निर्माण गरौँ भन्ने अभियान चलाउने बताए । यसका लागि विशेष कोषको व्यवस्था गर्ने र विश्वभर भएका नेपालीसँग सहयोग माग्ने पनि पनि बताए । उनले कोषमा प्राप्त हुने सबै रकमको सहि सदुपयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घिसिङले भ्रष्टाचार पुर्णरुपमा निर्मुल गर्नुपर्ने बताउदै कुनै पनि निकाय र व्यक्तिले भ्रष्टाचार गरेको भेटिएमा कडा भन्दा कडा कारवाही गरिने बताए । भ्रष्टाचार उन्मुलन गर्ने विषयलाई आफुले जीवनमरणको विषयको रुपमा लिएको बताउदै कसैले यसका लागि सहयोग नगरेमा आफु कडा रुपमा प्रस्तुत हुने उनले बताए । साथै उनले पारदर्शितामा कहीबाट प्रश्न आएमा सिधा आएर आफूसँग कुरा राख्न सबैलाई आग्रह समेत गरे ।

  • Related Posts

    काँग्रेसले छान्न सकेन संसदीय दलको नेता

    काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको नेता छान्न नसक्दा आलोचना शुरु भएको छ । निर्वाचन सकिएको यति लामो समयसम्म पनि संसदीय दलको नेता छान्न नसकेपछि काँग्रेस सभापति गगन थापा र…

    पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

    पहिलो

    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    • April 26, 2026
    • 62 views
    भ्रामक र साम्प्रदायिक अभिव्यक्ति प्रति महानगरको आपत्ति-

    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    • April 26, 2026
    • 10 views
    अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    • April 26, 2026
    • 18 views
    आज विश्व बौद्धिक सम्पत्ति दिवस मनाइदै

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • April 26, 2026
    • 23 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते

    • April 26, 2026
    • 19 views
    दिल्लीमा स्विस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट बच्यो, ६ जना घाइते

    काँग्रेसले छान्न सकेन संसदीय दलको नेता

    • April 26, 2026
    • 26 views
    काँग्रेसले छान्न सकेन संसदीय दलको नेता