सागर ढकालको असन्तुष्टि- कुनै सम्झौतामा हस्ताक्षर नै नगरी आन्दोलन रोकियो र सरकार गठन भयो

काठमाडौँ । सागर ढकालले जेनजी आन्दोलन कुनै सम्झौता पत्रमा हस्ताक्षर नै नगरी सरकार गठन भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

ढकालले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफुले सबैभन्दा पहिला प्रस्ताव गरेको बताउदैत्यसपछि आफुले कसैलाई मन्त्री बनाउन प्रस्ताव नगरेको स्पष्ट गरेका हुन् ।

उनले आन्दोलनरत समुहसँग वार्ता गरेर मात्र सरकार गठन  हुनुपर्नेमा त्यसो नभएको भन्दै गुनासो गरेका छन् ।  उनले भनेका छन्- ‘आन्दोलनरत समुहसँग वार्ता गरेर मात्र सरकार गठन  हुनुपर्ने थियो , त्यो बाँकि नै छ । म आफुले यो आन्दोलनको नेतृत्व नगरेपनि नेतृत्व गर्ने साथिहरुलाई सम्झौता पत्रमा हस्ताक्षर नगरि नफर्कन र चाहेको खण्डमा राष्ट्रपतिलाई‌ सेर बहादुरलाई जस्तै घेराउ गर्न पनि तयार भएको कुरा अनुरोध गरेको थिए, त्यो चाहि सोचे अनुसार भएन। सम्झौता नगरि नै सरकार बन्यो।  कानुनको मुख देखाएर दसकौ देखिको उहि समस्या नदेखाउनु होला है शुसिला‌ श्रीमान ।’ 

उनले कार्कीलाई जेनजीका युवाले कानुन कै विज्ञ भएकोले धेरै आशा गरेका छन् र हस्ताक्षर नै नगरी आन्दोलन रोकेको बताएका छन् । साथै सागरले सायद हस्ताक्षर र सहमति नगरी आन्दोलन रोकिने यो विश्वमा विरलै भएको उल्लेख गर्दै राष्ट्रपति अपदस्त भएको हुनुपर्नेमा त्यसो पनि नभएको बताएका छन् । 

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 53 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 123 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views