२९औं विश्व अण्डा दिवस मनाइँदै, अस्पतालका बिरामी र कुरुवालाई अण्डा वितरण

चितवन । नेपालमा आज विविध कार्यक्रमका साथ २९औं विश्व अण्डा दिवस मनाइँदैछ ।

विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै सन् १९९६ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार ‘विश्व अण्डा दिवस’ मनाउने परम्परा रही आएको छ । यस वर्ष नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियशनको संयुक्त आयोजनामा तथा अमेरिकन सोयाविन एशोसियशनको सहयोगमा ‘पोषणको शक्तिशाली श्रोत अण्डा’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरू भइरहेको छन्।

आज बिहान चितवनको बकुलहर रत्ननगर अस्पतालमा विशेष अण्डा वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिरामी तथा कुरुवाहरूलाई निःशुल्क अण्डा वितरण गरिएको छ ।

कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले अण्डा दिवसको महत्व र सान्दर्भिकता बारे प्रकाश पार्दै अण्डा स्वास्थ्यका दृष्टिले सस्तो, पौष्टिक र सबै उमेरका व्यक्तिका लागि उपयुक्त प्रोटिन स्रोत भएको बताउनुभयो। उहाँले अण्डा सेवनको नियमित अभ्यासले जनस्वास्थ्य सुदृढ बनाउन ठूलो योगदान पुर्‍याउने उल्लेख गरे ।

कार्यक्रम सञ्चालन नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव ज्ञानबहादुर बिसुरालले गरेका थिए । सो अवसरमा मञ्चका कोषाध्यक्ष हरीकृष्ण खनाल, बकुलहर रत्ननगर अस्पतालका सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष गोपालराज कर्माचार्य, अस्पतालका प्रयोगशाला प्रमुख सुरज अधिकारी, पोल्ट्री व्यवसायी दिपक गिरी लगायतका व्यक्तिहरूको उपस्थिति र सहभागिता रहेको थियो।

नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियशनले यस दिवसको अवसरमा देशभर करिब ५० हजार गोटा अण्डा, जसको बजार मूल्य करिब १० लाख रुपैयाँ बराबर, निःशुल्क वितरण गर्ने कार्यक्रम सञ्चालन गर्दैछन्। वितरणका लक्षित समूहमा सामुदायिक विद्यालयका विद्यार्थी, बिरामी तथा कुरुवाहरू, वृद्ध–अशक्त व्यक्ति र विपन्न समुदायका सदस्यहरू रहेका छन्।

यसै क्रममा, असोज २४ गते शुक्रबार भरतपुरमा हुने औपचारिक समापन कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थपलियाको प्रमुख आतिथ्यतामा विभिन्न विज्ञ चिकित्सकहरूले अण्डाको पोषणीय महत्व, प्रोटिनको भूमिका, र पोल्ट्री क्षेत्रका चुनौती तथा अवसरका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपालमा पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब ३५ प्रतिशत योगदान पुर्‍याउँदै करिब ५ लाख जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । हाल नेपालमा दैनिक ४५ देखि ४६ लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।

नेपाल भेटेरीनरी एशोसियशन र नेपाल लेयर्स कुखुरापालक संघले संयुक्त वक्तव्य जारी गर्दै अण्डा दिवसले पोषण, आत्मनिर्भरता र स्वास्थ्य सुदृढीकरणका सन्देशहरू फैलाउने उद्देश्य राखेको बताएका छन् ।

अण्डा स्वास्थ्यका लागि पूर्ण पाचनशिल, सन्तुलित र उच्च गुणस्तरको प्रोटिनको स्रोत हो। यसले आँखाको शक्ति बढाउने, हड्डी र दाँत मजबुत बनाउने, हृदयघात रोकथाम गर्न मद्दत गर्ने, स्मरणशक्ति वृद्धि गर्ने र मोटोपन घटाउने जस्ता फाइदा प्रदान गर्छ।

यस अवसरमा आयोजक संस्थाहरूले सन्देश जारी गर्दै भनेका छन्- ‘अण्डा—पोषणको शक्तिशाली स्रोत। कुनै मिसावट बिना, सस्तो र स्वास्थ्यका लागि उत्तम। नियमित रूपमा अण्डा सेवन गरौं, आफ्ना र परिवारका स्वास्थ्यप्रति सचेत बनौं ।’

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 76 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 73 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views