महाभारतका ‘कर्ण’ को निधन

काठमाडौँ । भारतका चर्चित फिल्म निर्माता बीआर चोपडाले बनाएको ‘महाभारत’ मा कर्णको भूमिका निभाएका अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा निधन भएको छ । पंकजको बुधबार मुम्बईमा निधन भएको हो ।

मिडिया रिपोर्टका अनुसार, पंकज धीर लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । उनले पहिले क्यान्सरलाई जितेका थिए, तर केही समयपछि यो फेरि फर्किएको थियो ।

महाभारतमा कृष्णको भूमिका निर्वाह गर्ने अभिनेता नितीश भारद्वाजले एक पोस्टमा आफ्नो शोक व्यक्त गरेका छन् । पंकज धीरको फोटो सेयर गर्दै उनले लेखेका छन्- ‘एक दिन हामी सबैले यो संसार छोडेर जानुपर्छ, तर अझ महत्त्वपूर्ण कुरा के हो भने हामीले यस्तो जीवन बिताउनु पर्छ जहाँ संसारले हामीलाई प्रेम र सम्मानका साथ सम्झोस् । ‘महाभारत’ टोलीले अर्को बहुमूल्य रत्न गुमाएको छ, एक संवेदनशील, बलियो व्यक्तित्व, हास्यको उत्कृष्ट भावना र सुनको हृदय भएको कलाकार । भारतीय साहित्यिक सम्पदाको पहिलो ‘क्रोधित युवा’ अब हामीसँग छैन । हामी भगवानसँग प्रार्थना गर्छौं, उनको आत्माले मुक्ति र अनन्त शान्ति प्राप्त गरोस् ।’

धीरले सनम बेवफा, बादशाह जस्ता फिल्मदेखि चन्द्रकान्त र ससुराल सिमरका जस्ता टिभी सिरियलमा समेत काम गरेका थिए । उनले अभिनय एकेडेमी पनि स्थापना गरेका छन् ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 76 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 50 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 73 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 79 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 114 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 100 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-