अमनप्रताप अधिकारीको प्रष्टीकरण- जोप्रति लक्षित गरेर अपशब्द बोलेको हो, त्यसमा पछुतो छैन

काठमाडौँ । अमनप्रताप अधिकारीले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते संसद भवन परिसरमा आगजनीका क्रममा अपशब्द बोलेको प्रति स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि र उनको त्यति बेलाको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिएका हुन् । 

अधिकारीले आफ्नै आँखा अगाडि संसद् भवनभित्रबाट गोली चलाएर स्कुल ड्रेसमा भएका विद्यार्थीहरूको हत्या भएपछि आक्रोशमा आफूले अपशब्द बोलेको बताएका छन् । उनले त्यो दिन आफूले भ्रष्टाचार र हत्यारा सरकारविरुद्ध अपशब्द बोलेको र अहिले सुन्दा अफ्ठ्यारो सुनिएकाले माफीसमेत मागेका छन् । 

साथै अधिकारीले आफुले जसलाई लक्षित गरेर अपशब्द बोलेको हो त्यसमा आफूलाई पछुतो नभएको बताएका छन् ।

उनले भनेका छन्-  ‘भाद्र २३ गते जेनजी आन्दोलनलाई समर्थन गर्दै म संसद् भवन पुगेँ । संसद् भवन अगाडि गोली चल्यो । ड्याङड्याङ गोली चल्दाखेरि भागमभाग दौडादौड । मेरै अगाडिपछाडि र दायाँबायाँ स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू त्यहीँ ढले । उनीहरू त्यहीँ सहिद भए । २४ गते ती विद्यार्थीहरू झल्झली मेरो आँखामा मुटुमा आइरहेको अवस्थामा आक्रोश बोकेर म फेरि संसद भवन पुगेँ । …गोली प्रहार गर्ने, आदेश दिने तथा सरकार चलाउनेहरूलाई मैले तेरो देश सकियो बोलेँ । अहिले तपाईंको फोनमा मेरो भिडियो सुन्दा अफ्ठ्यारो लाग्छ अपशब्द । माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जोविरुद्ध मैले अपशब्द बोलेको हो, त्यसमा पछुतो गर्दिनँ ।’ 

उनले कुनै पनि सरकारी र व्यक्तिगत संरचनामा आगजनी गरेको प्रमाण ल्याउन पनि चुनौती दिएका छन् र प्रमाणित भए आफू जेल जान तयार रहेको बताएका छन् । अधिकारीले भदौ २४ गते पोष्ट गरेको भिडियोमा ‘जल्यो तेरो देश’ भन्दै अराजक र अश्लील भाषा प्रयोग गरेका थिए र अहिले सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 32 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 42 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 29 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 48 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 36 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 51 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य