प्रधानमन्त्री कार्कीको मलेसियाले तोकेको नयाँ मापदण्ड बारे आवश्यक पहल लिन श्रम सचिवलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा जानकारी लिएकी थिइन् । सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र कूटनीतिक रुपमा यस विषयको सम्बोधन गर्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

मलेसिया धेरै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गन्तव्यमा पर्छ । नेपालमा करिब १२०० वैदेशिक रोजगारी व्यवसायीमध्ये ९०० वटा मलेसियाकै व्यवसायमा आश्रित छन्।

मलेसियाको नयाँ मापदण्डले नेपालका करिब एक दर्जन ठूला कम्पनी मात्र उक्त मुलुकमा कामदार पठाउन योग्य हुने वैदेशिक रोजगारी व्यवसायीहरुको भनाइ छ।

  • Related Posts

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ ।  सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 40 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 29 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 47 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 195 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-