कर्णालीका दुर्गम ठाउमा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालनमा

काठमाडौँ । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा टूजी तथा फोरजी सेवा  सञ्चालनमा ल्याएको छ । हुम्ला जिल्लाको सर्केगड–३ र सर्केगड–६ मा टूजी तथा फोरजी सेवा सञ्चालनमा आएको छ ।

टूजी-फोरजी सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिकाका वडा नम्बर २, ३,४ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय द्दन्रद्धन् सेवाबाट लाभान्वित भएका छन् । सेवा विस्तार भएका स्थानहरुमा उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका क्षेत्रहरु पर्दछन ।

यसैगरी टेलिकमले हुम्ला जिल्लाको अदानचुली–६ मा टूजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टूजी तथा फोरजी सेवा सञ्चालनमा आएसँगै  सर्केगाड गाउँपालिकाको वडा नं. २ र अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरू लाभान्वित भएका छन् । सेवा विस्तार भएका स्थानहरुमा पानचौर, कालिका लगायतका क्षेत्रहरु पर्दछन । 

साथै दैलेख जिल्लाको गुराँस गाउँपालिकाको पर्यटकीय क्षेत्र गुराँसमा फोरजी सेवा सञ्चालनमा आएसँगै गुराँस गाउँपालिका वडा नं. ३, ४, र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने बयलकाँडा लगायतका क्षेत्रहरू, तथा बराहताल वडा नं. ९ अन्तर्गत पर्ने लेकगाउँ लगायतका भूभागहरूमा सेवाग्राहीहरूले पहिलो पटक  गुणस्तरीय द्धन् सेवाबाट लाभान्वित भएका छन् । 

यसैगरी नेपाल टेलिकमले जाजरकोट जिल्लाको जुनीचांदे गाउँपालिकाको कोत्राङ्गमा टूजी तथा फोरजी सेवा ल्याएको छ । टूजी  फोरजी सेवा सञ्चालनमा आए पश्चात् जुनीचांदे गाउँपालिकाका विभिन्न वडाहरु वडा नं. ७, ८, ९, १० र ११ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक  गुणस्तरीय द्दन्रद्धन् सेवाबाट लाभान्वित भएका छन् । 

साथै डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा आएसँगै सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । साथै, सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्का, भोक्पा, सागबारी लगायतका क्षेत्र पनि सञ्चारको पहुँचमा जोडिएका छन् ।

टेलिकमको टूजी फोरजी सेवा विस्तार भएसँगै यस प्रदेशका दर्जनौं बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । नेपाल टेलिकमले दुर्गम तथा अति विकट क्षेत्रका सेवाग्राहीहरुको सुविधाका लागि सेवा सञ्चालन ल्याएसँगै सो क्षेत्रमा बसोबास गर्ने वासिन्दा सेवाबाट लाभान्वित भएका छन । यससंगै थप दुई स्थानिय तहमा द्धन् सेवा विस्तार भई जम्मा ७५३ मध्ये ७४९ स्थानीय तहमा फूरजी सेवा पुगेको छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ । 

  • Related Posts

    फरेन्सिक विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन मन्त्री पुनको प्रस्ताव

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना…

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय…

    पहिलो

    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    • July 4, 2026
    • 42 views
    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 55 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 69 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 27 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै