विश्व दर्शनशास्त्र दिवस मनाइँदै

काठमाडौँ । आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

दर्शन र यसको अर्थ, औचित्य र महत्वबोध गर्ने गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन–दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याड्ढन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न–गराउनका लागि आजको दिन यो दिवस मनाउने गरिएको हो ।

आज ज्ञान, सिद्धान्त, विचार र दर्शनजस्ता महत्वपूर्ण कुराहरुको अवमूल्यन र उपेक्षा हुन गैरहेको र यीनको अध्ययन–अनुसन्धान, चिन्तन–मनन्, लेखन–प्रकाशन र प्रचार–प्रसार समेत घट्दै गइरहेको तथा यिनले मार्गदर्शन गरेका कुराहरुको कार्यान्वयनतर्फ पूर्ण अरुची बढिरहेको आजको यो स्थिति र सन्दर्भमा दर्शनशाश्त्र दिवस तोकिनु, मनाइनु, दर्शन र दर्शनशास्त्रको मर्म–महत्व बोध गराउनु र सो अनुसार जीवनदर्शन बनाई जीवन–व्यवहार सञ्चालन गर्नु अझ बढी जरुरी महत्वको कुरा भएको छ ।

दर्शन भनेको ज्ञानको आँखा हो, ज्ञान भनेको जीवन सञ्चालन गर्ने, जीवन र जगतलाई सत्मार्गमा लगाउने अर्थात् सत्यम, शिवम, सुन्दरम्को प्रत्याभूति दिने आन्तरिक शक्ति र विज्ञान नै हो । यो नभए मान्छे बाँच्नुको अर्थ र औचित्य नै समाप्त हुन्छ । त्यसैले दर्शन र दर्शनसम्बन्धी ज्ञानले भरिएका शास्त्र–ठेलीको मूल्यमान्यता अत्यधिक हुने हुँदा यो दिवस मनाउनु निकै अर्थपूर्ण छ ।

  • Related Posts

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    काठमाडौँ । चीनमाथि विभिन्न देशको जासुसी गरेको आरोप लाग्दै आएका बेला अहिले फेरि नयाँ दाबी सार्वजनिक भएको छ । एक स्वतन्त्र ब्लगरले चीनको सेनाका उच्च अधिकारीले विशेष कार्यक्रममा एलन मस्कसहित…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 45 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 42 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 50 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views