पर्सामा श्रोत नखुलेको रु. १५ लाख हुण्डीको रकम र मोटरसाईकल सहित एक जना मानिस पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ मंसिर । प्रहरी चौकी, धोरे पर्सा र सशस्त्र प्रहरी वल नेपाल बाट खटिएको संयुक्त चेकिङ टोलीले विशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:३० बजेको समयमा पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नं. ०१, धोरे चेक प्वाइन्ट स्थित सडक खण्ड बाट स्रोत नखुलेको लाखौं रुपैंया तथा मोटरसाईकल सहित एक जना मानिस लाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

उक्त दिन चेक जाँच गर्ने क्रमममा BR 22 AF 4126 नम्बरको मोटर साईकलमा सवार पर्सा जिल्ला कै पकाहामैनपुर वडा नं. ०१ बस्ने बर्ष ३४ को अवधेश पटेलले उक्त मोटरसाईकलको लेगगार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको श्रोत नखुलेको नेपाली रू. १ हजार दरका नोट ७ सय ९० थान, रु. ५ सय दरका नोट १ हजार ३ सय ०१ थान, रु. १ सय दरका नोट ५ सय ६९ थान, रु. ५० दरका नोट ५० थान र रु. २० दरका नोट ५ थान गरी जम्मा रु. १५ लाख रितपूर्वक बरामद गरी उल्लेखित नम्बरको मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा सोमबार जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 38 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 78 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 56 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 85 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 131 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-