हेटौडामा डोजर चलेपछि विद्या श्रेष्ठले छोडिन् कुलमानको साथ, केन्द्रीय सदस्यबाट राजीनामा

हेटौडा । सडक डिभिजनले हेटौडा बजार क्षेत्रमा डोजर चलाएपछि यसको असर राजनीतिमा पनि परेको छ । शनिबार बिहान हेटौडाको बजार क्षेत्रमा डोजर चलेपछि कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले केन्द्रीय सदस्यबाट राजीनामा दिएकी छिन् ।

श्रेष्ठले सामाजिक सजालमार्फत राजीनामाको घोषणा गरेकी हुन् । उनले भनेकी छन्- ‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको धोषणा गर्दछु । अरु अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन । म हेटौँडा पीडितको साथ छु ।’

कुलमान सरकारमा भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन् र उनकै निर्देशनमा सर्वोच्चको आदेशको अवज्ञा गर्दै शनिबार बिहान अध्यारैमा हेटौँडाको बजार क्षेत्रका संरचनामा डोजर चलाइएको बताइएको छ ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौडामा सर्वोच्चको आदेश विपरित सडक विस्तार गर्न संरचनामा डोजर चलाएकोप्रति कानुनी राज्यको नाङ्गो उपहास भएको टिप्पणी गरेका छन् ।  अध्यक्ष थापाले सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नु’ भन्ने आदेश दिँदादिँदै पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गरेको आरोप लगाएका हुन् ।  उनले बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नुअगावै बसेको बस्ती अनि जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबर्जस्ती कब्जा गर्ने कार्य जघन्य अपराध भएको समेत बताएका छन् ।

हेटौंडा उपमहानगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम दिदै सडक डिभिजनले मंसिर २० देखि सडक विस्तारको काम शुरु गर्ने र सीमाभित्रका संरचना हटाउने बताएको थियो । शुक्रबार मात्र सर्वोच्च अदालतले सडक विस्तार कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 53 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 113 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 131 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 52 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 78 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 58 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते