सशस्त्र प्रहरी बल, नेपाल पर्सा ले बीरगंजको विभिन्न नाकाहरु बाट लाखौं मूल्य बराबरको विभिन्न सामानहरु बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ पौष । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा बाट शुक्रबार खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. २५ खलवा टोला नाका स्थित भारत बाट अबैध रुपमा भन्सार छली विभिन्न सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु. ७ लाख ५६ हजार ४ सय ९० बराबरको कपडा र कस्मेटिक सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालमा बुझाएको छ ।

सोही क्रममा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय, वीरगंज बाट खटिएको टोलिले पनि वीरगंज महानगरपालिका वडा नं. २५ खलवा टोला नाका स्थित नै भारत बाट अवैध रुपमा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको मुल्य रु. ७ लाख ४९ हजार ८ सय बराबरको कपडा, किराना, कफिदाना तथा कस्मेटिक सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

यसै गरी सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय, अलौ बाट खटिएको टोलिले विरगंज महानगरपालिका वडा नं. १७, कोनिया स्थित भारत बाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ साईकलमा ल्याउँदै गरेको मुल्य रु. १ लाख २ हजार ५ सय ७० बराबरको किराना र एयरबड्स बरामद गरि जम्मा मूल्य रु. १६ लाख ०८ हजार ८ सय ६० बराबरको आवश्यक कारवाही लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जन ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 77 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 74 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views