ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा विस्तार गर्दै वीरगंज महानगरपालिका, लालपर्सामा पनि बर्थिङ सेन्टर सञ्चालन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०६ पौष । वीरगंज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सा स्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ग्रामीण भेगका वडाहरूमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै गाउँमै सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने उद्देश्यका साथ यस्तो व्यवस्था मिलाएको हो । ग्रामीण भेगका बिरामी तथा सेवाग्राहीको सहजतालाई ध्यानमा राखी महानगरपालिकाले स्वास्थ्य चौकीहरूको भौतिक संरचना स्तरोन्नति, सेवा विस्तार तथा आवश्यक जनशक्ति थप गर्दै आइरहेको छ ।

यसै अनुसार वडा नम्बर ३० लालपर्सा स्थित स्वास्थ्य चौकीमा आज देखि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । यस अघि गएको शुक्रबार मात्रै वडा नम्बर १८ भवानीपुर स्थित स्वास्थ्य संस्थामा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।

बर्थिङ सेन्टरको समुद्घाटन सँगै अब लालपर्सा स्थित स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसूती सेवा उपलब्ध हुने भएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीकै भवनमा आज देखि निरन्तर सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

बर्थिङ सेन्टर सञ्चालनका लागि तालिमप्राप्त दुई जना अतिरिक्त अनमी सहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त स्वास्थ्य चौकीमा पछिल्लो दुई महिना देखि जनस्वास्थ्य प्रयोगशाला पनि सञ्चालनमा रहेको छ, जहाँ हाल ३७ प्रकारका विभिन्न स्वास्थ्य परीक्षण सेवा प्रदान हुँदै आएका छन् ।

यसअघि नै वीरगंज महानगरपालिकाको वडा नम्बर २८ बगही तथा वडा नम्बर २१ लिपनी स्थित स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् ।

आइतबार आयोजित लालपर्सा बर्थिङ सेन्टर समुद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा नम्बर ३० का वडाध्यक्ष मनोजकुमार यादव, स्वास्थ्य चौकीका इन्चार्ज मेवालाल ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 76 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 74 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views