काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता हो- मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छन् । 

सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने भने कारबाही हुन्छ भन्ने सन्देश दिन, कम रकम कबोल गरी ठेक्का हात पार्ने प्रवृतिलाई निरुत्सहित गर्न, समयमै निर्माण नगरिएका कारण आमनागरिकले पाइरहेको दुःखको अन्त्यका लागि ठेक्का तोड्नु बाध्यता रहेको उल्लेख गरे । सडक विभागले हालसम्म ४० वटा रुग्ण ठेक्का तोडेको छ ।

नियोजित रुपमा कुनै पनि ठेक्का नतोडिएको प्रष्ट पार्दै मन्त्री घिसिङले आफूले लिएको ठेक्काको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गरिएको बताए । उनले विकास बजेट निर्माण व्यवसायीमार्फत खर्च हुने भएकाले देश विकासमा निर्माण व्यवसायीको ठूलो योगदान रहेकाले उनीहरुको क्षमता एवम् दक्षता अभिबृद्धिमा जोड दिए । 

संघ, प्रदेश र स्थानीय तहले सडक निर्माण तथा मर्मत गरिरहेकाले आम नागरिकले कुन सडकमा कसको क्षेत्राधिकार रहेको थाहा नपाएका कारण सडक भनेको सडक विभागले नै बनाउने हो भन्ने  बुझ्दा संघ सरकारप्रति धेरै आक्रोश आउनुका साथै अपेक्षा पनि राख्ने गरेको उनले टिप्पणी गरे । साथैं, उनले सडक मर्मत सम्भारलाई नियमित रुपमा तदारुकताका साथ गर्न निर्देशन दिए । 

सडक पूर्वाधारको मर्मत सम्भार तथा संरक्षण खर्च व्यवस्थापनका गर्न ‘सेवाका लाथि दस्तुर’ सिद्धान्त अनुरुप बोर्डले उपभोक्ताबाट दस्तुर उठाइ वित्तीय व्यवस्थापन गरिने अवधारणालाई विस्तार गर्दै लैजाने जनाएको छ । 

सडक पूर्वाधारको योजनाबद्ध एवम् प्रभावकारी ढंगबाट मर्मत सम्भारका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्न बोर्डको स्थापना भएको हो । बोर्डले हाल भैरहवा—भुमही सडकअन्तर्गत भैरहवाको वसन्तपुरस्थित टोलबुाट विद्युतीय प्रविधिका सडक उपभोग दस्तुर (टोल) संकलन गरिरहेको छ ।

  • Related Posts

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

     गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद दिएका छन् । निर्वाचनपछिको भर्चुअल समीक्षा बैठकमा बोल्दै गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा…

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा सम्पन्न निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विजयमा बधाई दिएका छन् । शरीफले सामाजिक सञ्जालमार्फत शुभकामना…

    पहिलो

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    • March 11, 2026
    • 70 views
    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    • March 11, 2026
    • 108 views
    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    म्यानमारबाट तीन नेपालीको उद्धार

    • March 11, 2026
    • 25 views
    म्यानमारबाट तीन नेपालीको उद्धार

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    • March 11, 2026
    • 21 views
    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    • March 11, 2026
    • 51 views
    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

    • March 11, 2026
    • 28 views
    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत