राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ को टिजर सार्वजानिक

महानायक राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को टिजर सार्वजनिक गरिएको छ ।

आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्मको सार्वजनिक टिजरमा महानायक हमालसँगै कलाकारहरू सरिता लामिछाने, श्याम क्षेत्री, बुद्धी तामाङ दिव्या न्यौपाने लगायत फिचर्ड छन् । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङघर्ष सहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् ।

सार्वजनिक टिजर निर्देशकसमेत कलाकार क्षेत्रीबाट सुरू हुन्छ, जहाँ उनले आफ्नो बारेमा कसैलाई जानकारी दिईरहेका छन् । प्रवासीहरूको दुःख, आरोह अवरोह र चुनौतीहरूलाई उनले बताउदै गरेको टिजरमा फिल्मका अधिकाँस कलाकारलाई स्थान दिईएको छ । प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउने निर्देशक क्षेत्रीले बताए ।

फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।  ‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्मको सम्पूर्ण छायाङकन अमेरिकाको रमणीय दृश्यमा गरिएको छ ।

छायाँकार समेत रहेका निर्माता रविन आचार्य यस फिल्मका निर्माता हुन् । श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको उक्त फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।  

यसमा अमृत बिसुवाले छायाङकन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङगीत, देवी खतिवडाले शृङगार, राज शङकर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङगीत सिर्जना गरेका छन् भने प्रमोद खरेल र प्रताप दाससहितका गायकले स्वर दिएका छन् । फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने उक्त फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

टिजरको लिंक: https://youtu.be/u41KM9HCk8Q?t=34

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 38 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 32 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 45 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 191 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 56 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 54 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ