खालिदा जियाको अन्त्यष्टि आज, परराष्ट्रमन्त्री शर्मा सहभागी हुदै

 बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)की नेतृ खालिदा जियाको अन्त्येष्टि आज ढाकामा हुदैछ। खालिदालाई संसद परिसरमा उनका पति तथा बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमानको चिहान नजिकै गाडिनेछ ।

उनको मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको थियो । उनी विगत २० दिनदेखि भेन्टिलेटरमा थिइन् । खालिदा जियाको मृत्युपछि बंगलादेश सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

यस अवधिमा, सरकारी भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ र सबै आधिकारिक कार्यक्रमहरू स्थगित गरिनेछ। अन्त्येष्टिमा ठूलो संख्यामा राजनीतिक नेताहरू, समर्थकहरू र जनता उपस्थित हुने अपेक्षा गरिएको छ ।

अन्त्यष्टिमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा ढाका पुगेका छन् । त्यस्तै अन्त्यष्टिमा भारतीय विदेशमन्त्री एस. जयशंकरलगायत अन्य देशका विशिष्ट व्यक्तिहरु सहभागी हुन लागेको बताइएको छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 61 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 22 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 37 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 29 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 28 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 32 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची