ईलाका प्रहरी कार्यालय, ठोरी द्वारा भारी मात्रामा लागु औषध गाँजा बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २३ पौष । ईलाका प्रहरी कार्यालय, ठोरी ले विशेष सूचनाको आधारमा विशेष सुचनाको आधारमा गलबार राति करिब १०:०० बजेको समयमा पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०३, ब्रहमनगर हुलाकी सडक खण्ड देखि पश्चिमतर्फ जाने कच्ची सडक खण्डको छेउमा रहेको सोही ठाउँ बस्ने वर्ष ४२ को छिरिङ दोङको काठले बनेको दुई तल्ले घर बाट भारी मात्रामा प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ ।

उक्त राति त्यहाँ बाट खटिएको प्रहरी टोलीले कानूनी रित पुर्‍याई खान तलासी गर्दा उक्त घरको माथिल्लो तल्लाको कोठा भित्र निलो प्लाष्टिकले बेरि लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ ९ सय ५० ग्राम तथा सो घर बाट १५ मिटर उत्तर तर्फ बाझो खेतमा उखुको पातले छोपि रातो रंगको प्लाष्टिकले बेरि लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ १० पोकामा १ सय ५७ के. जी. फेला परेकोले बरामद लागु औषध गाँजा नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी राजु कार्कीले बताएका छन् ।

साथै उक्त लागु औषध गाँजा भण्डारण गरी विक्री गर्न राखिएको छिरिङ दोङलाई यस कार्यालय बाट तदारुक्ता का साथ खोज तलास कार्य भइरहेको व्यहोराको जानकारी समेत दिनु भयो ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 39 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 46 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 57 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 55 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ