ट्रम्प भन्छन्- फ्रान्सेली राष्ट्रपति म्याक्रोन लामो समयसम्म रहने छैनन् !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनप्रति टिप्पणी गरेका छन् ।

ट्रम्पले जी ७ को आपतकालीन बैठकमा भाग लिन पेरिस जाने विषयमा सोधिएको प्रश्नको जवाफ दिदै आफु नजाने र म्याक्रोन फ्रान्सको राष्ट्रपति लामो समय नरहने टिप्पणी गरेका हुन् ।

यसअघि, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकाले लगाएको नयाँ करहरूको अनन्त वृद्धि मौलिक रूपमा अस्वीकार्य भएको बताएका थिए ।

म्याक्रोनले क्षेत्रीय सार्वभौमिकतालाई दबाब दिन हतियारको रूपमा प्रयोग गरिन्छ तब यो अझ गम्भीर हुने टिप्पणी गरेका थिए ।

म्याक्रोनले दाभोसमा जारी आर्थिक मञ्चमा यस्तो टिप्पणी गरेका हुन् । दाभोसमा, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि ग्रिनल्याण्डसँग ऐक्यबद्धता व्यक्त गर्दै ग्रिनल्याण्ड र डेनमार्कको साथ दृढतापूर्वक उभिने बताएका छन् ।

ट्रम्प पनि स्वीजरल्याण्डको दाभोसमा विश्व नेताहरूको आर्थिक मञ्चमा भाग लिन त्यसतर्फ जादैछन् । 

  • Related Posts

    ट्रम्पको चेतावनीपछि बढ्यो कच्चा तेलको मूल्य

    काठमाडौँ । अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लिएर दिएको कडा चेतावनीपछि बजारमा अनिश्चितता बढ्दा तेलको मूल्य उकालो लागेको…

    अमेरिकामा हवाई दुई लडाकु विमान आपसमा ठोक्किए

    काठमाडौँ । अमेरिकामा आयोजित एक चर्चित सैन्य हवाई प्रदर्शनीका क्रममा दुई लडाकु विमान आपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ । अमेरिकी नौसेनाका दुई ईए–१८ लडाकु विमान हावामै एकआपसमा ठोक्किएपछि भीषण…

    पहिलो

    जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

    • May 18, 2026
    • 28 views
    जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

    स्कटल्याण्डमाथि नेपालको ६ विकेटको शानदार जित

    • May 18, 2026
    • 21 views
    स्कटल्याण्डमाथि नेपालको ६ विकेटको शानदार जित

    अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना

    • May 18, 2026
    • 20 views
    अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना

    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति

    • May 18, 2026
    • 25 views
    रास्वपा सांसदले उठाए कामु प्रधानन्यायाधीशको भूमिकामा प्रश्न, एमालेको आपत्ति
    • May 18, 2026
    • 22 views

    समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

    • May 18, 2026
    • 22 views
    समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु