पर्सा मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा वीरगञ्जमा सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १० माघ । पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा सञ्चालक समितिको निर्णयअनुसार आज वीरगञ्ज को आदर्शनगर स्थित होटेल पुजनमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष चिनिलाल पटेलको अध्यक्षता मा भएको कर्यक्रममा प्रमुख अतिथि बिरगंज उधोग बाणिज्य संघका अध्यक्ष हरि गौतम बिशिष्ट अतिथि नेपाल बार एकाई पर्साका अध्यक्ष राम नरायण कुर्मी संघका सल्लाहकार कपिलेश्वर यादव, पत्रकार तुलसी भंडारी लगायत का बक्ताले संघको संरक्षण ,सम्बर्द्धन ,बिकास तथा गोलबन्ध भएर सँगाठ्निक रुपमा अगाडि बढ्न शुभकामना ब्यक्त गरेका थिए ।

सभामा संघका उपाध्यक्ष सन्दीप गुपताले स्वागत मन्तव्य ,महासचिव प्रदिप लोहारले संगाठनिक प्रतिबेदन र कोषाध्यक्ष राकेश साह द्वारा आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पेश गरीएको थियो ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संघको नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गरी छलफल र अनुमोदन गरिएको संघले जनाएको छ। सभामा संघको दर्ता नवीकरण सम्बन्धी निर्णय, नयाँ लेखापरीक्षक नियुक्ति, संघका विभिन्न समितिमा रिक्त पद पूर्ति, आवश्यक परे विधान संशोधन तथा संघको संगठनात्मक सुदृढीकरण सम्बन्धी प्रस्तावहरू पनि पेश गरिएको थियो ।

यसका साथै मदिरा व्यवसायसँग सम्बन्धित समसामयिक समस्या, कर प्रणाली, प्रशासनिक झन्झट, व्यवसायीहरूको हकहित संरक्षण तथा बजार व्यवस्थापन सम्बन्धी विषयमा समेत विस्तृत छलफल गरिएको थियो ।

सभाको बन्द सत्र बाट नया कार्यसमितिमा अध्यक्ष चिनिलाल पटेल ,उपाध्यक्ष संदिप कुमार गुप्ता ,महासचिव प्रदिप कुमार लोहार ,सचिव रबिन्द्र प्रताप साह,कोषाध्यक्ष राकेश कुमार साह सदस्यमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाई,राम कुमार यादव र रन्जित जैसवाल सर्व सह्म्मत चयन भएका हुन ।

कार्यक्रममा सबै सदस्य, प्रतिनिधि ज्युहरुलाई सदस्यता प्रमाणपत्र पनि बितरण गरिएको थियो ।संघले वार्षिक साधारण सभालाई महत्वपूर्ण नीति निर्माणको अवसरका रूपमा लिएको जनाएको छ ।

सभाबाट व्यवसायीहरूको साझा आवाजलाई मजबुत बनाउँदै आगामी कार्यदिशा तय गरिने विश्वास लिइएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 72 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 64 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 126 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 54 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views