चर्चित निर्वाचन क्षेत्र: चितवन- ३ को चुनावी गणित, रेणु र सोबिताको भिडन्त

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक चितवनको ३ नम्बर क्षेत्र पनि रहेको छ । रेणु दाहाल र सोबिता गौतमको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

चितवनको ३ न्मब्र क्षेत्रमा माडी नगरपालिकाका नौं वटा वडा र भरतपुर महानगरपालिकाका ६, ८ र ९ तथा १३ देखि २८ नम्बर वडाहरू समावेश गरिएको छ ।

चितवन-३ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ५५ हजार ३०९ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १७४ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन 

यसअघि २०७९ को निर्वाचनमा चितवन-३ मा राप्रपाका नेता विक्रम पाण्डे विजयी भएका थिए । पाण्डेले ३५ हजार ६० मत प्राप्त गर्दै विजयी भएका थिए । उनलाई एमालेले समर्थन गरेको थियो । त्यस्तै दोस्रो स्थानमा रहेका तत्कालिन माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८२४ मत प्राप्त गरेका थिए । उनलाई काँग्रेसले समर्थन गरेको थियो । त्यस्तै काँग्रेसका दिनेश कोइराला पार्टीको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवार बन्दै १२ हजार २७५ मत प्राप्त गरेका थिए । त्यसैगरी रास्वपाकी जीता बरालले १४ हजार ८४३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन् ।

त्यस्तै समानुपातिकतर्फ भने यस क्षेत्रमा सबै भन्दा बढी मत रास्वपाले हासिल गरेको थियो । रास्वपाले यस क्षेत्रबाट समानुपातिकमा २८ हजार ४०१ मत प्राप्त गरेको थियो । त्यस्तै राप्रपाले १६ हजार ७५५ मत प्राप्त गरेको थियो । त्यसैगरी तत्कालिन माओवादी केन्द्रले १६ हजार ९० मत प्राप्त गरेको थियो भने एमालेले १४ हजार ५२२ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली कांग्रेसले १० हजार ५२४ मत प्राप्त गरेको थियो । 

उम्मेदवार

यस क्षेत्रमा भरतपुर महानगरकी प्रमुख रहेकी रेणु दाहालले राजीनामा दिएर नेकपाबाट उम्मेदवार बनेकी छन् । दुई कार्यक्रम महानगरको प्रमुख भएर काम गरेको आधारमा उनले संसदीय निर्वाचनमा मैदानमा उत्रिएकी छन् । त्यस्तै रास्वपाकी चर्चित नेतृ सोबिता गौतमको उम्मेदवारीले पनि यस क्षेत्रलाई चर्चामा ल्याएको छ । यस क्षेत्रमा रेणु र सोबिताको चर्चा भईरहदा काँग्रेसले टेक प्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले शंकरराज थपलियालाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाले दीपक थापा मगरलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा सबै गरेर २३ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।  

निष्कर्ष

अघिल्लो चुनाव भन्दा यस पटक चितवन-३ को चुनावी अंक गणित धेरै बदलिएको छ । नेपाली काँग्रेसका मतदाताले धेरै बर्षपछि आफ्नो चुनाव चिन्ह रुखमा मतदान गर्ने अवसर पाएका छन् । देशभर रास्वपाको लहर देखिदा त्यसको फाइदा यस क्षेत्रमा पनि हुने देखिन्छ । नेकपाबाट रेणु दाहालले आफ्नो महानगरमा गरेको कामको आधारमा मत मागिरहेकी छन् । राप्रपाबाट अन्तिम समयमा विक्रम पाण्डे पछि हटेपछि राप्रपा तुलनात्मक रुपमा कमजोर नै देखिएको छ । यस क्षेत्रमा रेणु र सोबिताको प्रतिष्पर्धाको फाइदा काँग्रेसलाई हुनसक्ने पनि देखिन्छ । यसरी हेर्दा यस क्षेत्रमा नेकपा, रास्वपा र काँग्रेसबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने नै देखिन्छ ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 76 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 74 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views