उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार शिरोमणि दवाडीलाई

वरिष्ठ पत्रकार शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

नेपाल पत्रकार मञ्चद्वारा शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

चैत ३० मा उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने

उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कारका लागि शिरोमणि दवाडी छनोट

काठमाडौँ । नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ।

ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको विशेष बैठकले करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील वरिष्ठ पत्रकार दवाडीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। दवाडी हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको रेडियो अन्नपूर्णका प्रमुख छन् भने उहाँ अध्यात्मिक पत्रकार समाजका अध्यक्ष समेत हुनुहुन्छ।

बैठकमा मञ्चका पदाधिकारी तथा सदस्यहरूको संयुक्त सहभागिता रहेको थियो। बैठकले मञ्चका पूर्व महासचिव राम पौडेल र सदस्य नारायण आचार्यद्वारा स्थापना गरिएका विभिन्न स्मृति पत्रकारिता पुरस्कारहरू प्रत्येक वर्ष मञ्चको वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकारलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ। पुरस्कार प्राप्तकर्ता मञ्चको छनोट समितिबाट छनोट गरिने व्यवस्था गरिएको छ।

नेपाल पत्रकार मञ्चको स्थापना दिवस चैत ३० गतेका अवसरमा हरेक वर्ष प्रदान गरिने यी पुरस्कारहरूको स्थापना गर्नुभएकोमा मञ्चका अध्यक्ष युवराज विद्रोहले दाता राम पौडेल र नारायण आचार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

राम पौडेलले आफ्ना स्वर्गीय पिता उमाकान्त पौडेलको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारको नाम उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार राखिएको छ, जसको नगद राशी रु ५,५५५ रहेको छ।

यसैगरी नारायण आचार्यले आफ्ना स्वर्गीय पिता ईन्द्रप्रसाद आचार्य र स्वर्गीय माता यानकुमारी आचार्यको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कारको नाम ईन्द्रप्रसाद-यानकुमारी आचार्य स्मृति शैक्षिक पत्रकारिता पुरस्कार राखिएको छ, जसको नगद राशी रु ११,१११ रहेको छ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 56 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 123 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views