सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

दीपेन्द्र प्रजापति /कालो झोला ।

नयाॅ दिल्ली, २६ माघ । भारतको नई दिल्ली स्थित भारतीय विद्यापीठ र सार्क जर्नलिस्ट फोरम इण्डिया चाप्टरले आयोजना गरेको दक्षिण एसियाकाे शान्ति स्थापना र सहयोगमा पत्रकारिताको भूमिका बिषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटान, लगायतका देशबाट आएका पत्रकारहरु बिच बृहत छलफल भएको छ ।

भारतीय विद्यापीठका निर्देशक फ्रोफेसर एम एन होदाकाे अध्यक्षतामा भएको कार्यक्रममा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव मो.अब्दुर रहमान, सदस्य इस्मिता मिश्रा, श्रीलङ्का चाप्टरका अध्यक्ष राहुल सामन्था, इण्डिया चाप्टरका अध्यक्ष अनिरुद्ध सुधांशु लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा फोरमका अन्तर्राष्ट्रिय सदस्य भुटानका रिन्जिन वाङचुक र पाकिस्तान च्यापटरका महासचिव हुश्नयन चौधरीले भिडियो सन्देश मार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा सहभागी बक्ताहरुले सार्क क्षेत्रमा शान्ति स्थापना गर्न चुनौतीपूर्ण भए पनि पत्रकारिताको माध्यमद्वारा सक्दो प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।

यसैबीच कार्यक्रममा सार्क जर्नालिष्ट फोरम भारत च्यापटर द्वारा स्थापित यस बर्षको तृतीय युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपालका नृपेन्द्र लाल श्रेष्ठ, भारतका शशिभुषण कुमार र श्रीलंकाका लाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा पत्रकारहरु राजु लामा, अब्दुर रहमान, राहुल सामन्था, रुद्र सुवेदी, सदाव मालिक, दिपेन्द्र प्रजापती, शैलेश साह कानु, अभिलाष गुप्ता, अजमत अलि लगायतका पत्रकारहरु पनि अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 62 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 54 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views