टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ ।

आज समुह ए अन्तर्गत नामिबिया र नेदरल्याण्डसबीच भारतको दिल्लीमा यो खेल हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । नामिबियाले यस विश्वकप आफ्नो पहिलो खेल खेल्दैछ भने नेदरल्याण्डसले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

त्यस्तै आजको दोस्रो खेल समुह डी अन्तर्गत न्यूजील्याण्ड र युएईबीच खेल हुदैछ । यो खेल भारतको चेन्नईमा नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । यो युएईको यस विश्वकपको पहिलो खेल खेल्दैछ भने न्यूजील्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी शुरुवात गरेको थियो ।

त्यसैगरी आजको तेस्रो खेल समुह ए अन्तर्गत पाकिस्तान र अमेरिकाबीच खेल हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । यस प्रतियोगितामा पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्डसविरुद्ध जित हासिल गरेको थियो भने अमेरिका भारतसँगको खेलमा हार बेहोरेको थियो ।

  • Related Posts

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    बुटवल । रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ । रुपन्देही प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 64 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 48 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 39 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 60 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 114 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 92 views