इन्स्टाग्राम र युट्युबमाथि ‘लत बनाउने मेसिन’ निर्माणको आरोप, ऐतिहासिक मुद्दाको सुनुवाइ सुरु

 विश्वका ठूला सामाजिक सञ्जाल कम्पनीहरू इन्स्टाग्राम र युट्युबमाथि बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने गरी ‘लत बनाउने मेसिन’ निर्माण गरेको आरोपसहित ऐतिहासिक मुद्दाको सुनुवाइ सुरु भएको छ । क्यालिफोर्नियाको लस एन्जलस सुपेरियर कोर्टमा सुरु भएको यस मुद्दाले सामाजिक सञ्जालको डिजाइन र त्यसका प्रभावबारे गम्भीर बहस सुरु गराएको छ ।

मुद्दाको प्रारम्भिक बहसमा वादी पक्षका वकिल मार्क लानियरले (नाम गोप्य राखिएका व्यक्ति ) सामाजिक सञ्जालको लतका कारण मानसिक स्वास्थ्य समस्यामा परेको दाबी गरेका थिए ।  उनले अदालतमा यी कम्पनीहरूले जानाजानी बालबालिकाको मस्तिष्कलाई लत लाग्ने गरी मेसिन बनाएको आरोप लगाउदै यो कुनै दुर्घटना होइन, सोचेर गरिएको डिजाइन भएको दाबी गरेका थिए ।

लानियरले मेटा (इन्स्टाग्रामको मातृ कम्पनी) र युट्युबले आफ्ना प्लेटफर्मको जोखिमबारे किशोर प्रयोगकर्तालाई चेतावनी दिन असफल भएको आरोपसमेत लगाएका छन् । उनले यो मुद्दा इतिहासकै सबैभन्दा धनी दुई कम्पनीहरूले बालबालिकाको मस्तिष्कमा कसरी लत इन्जिनियर गरे भन्नेबारे भएको अदालतमा बताएका थिए ।

उनले सन् २०१५ को एक आन्तरिक इमेल प्रस्तुत गर्दै मेटाका सीईओ मार्क जुकरबर्गले प्रयोगकर्ताले प्लेटफर्ममा बिताउने समय १२ प्रतिशतले बढाउन निर्देशन दिएको उल्लेख गरेको देखाएका थिए । युट्युबका हकमा भने, बाल प्रयोगकर्तालाई लक्षित गरेर विज्ञापनबाट बढी आम्दानी गर्न खोजिएको आरोप लगाइएको छ । लानियरले व्यस्त अभिभावकलाई लक्षित गर्दै युट्युबले आफूलाई ‘डिजिटल बेबीसिटर’ का रूपमा प्रस्तुत गरेको आरोपसमेत लगाए ।

यता प्रतिवादी मेटा र युट्युबका वकिलहरूले भने (नाम नखुलाइएका व्यक्ति) को मानसिक समस्या सामाजिक सञ्जालका कारण नभई उनको व्यक्तिगत र पारिवारिक जीवनका अन्य समस्याबाट उत्पन्न भएको दाबी गरेका छन् । मेटाका वकिल पाउल स्मिटले उनको परिवारभित्रको उपेक्षा, शारीरिक तथा मानसिक दुर्व्यवहार र अभिभावकबाट हुने दुर्व्यवहारको सिकार भएको अदालतमा बताएका थिए । अदालतमा प्रस्तुत अभिलेखअनुसार उनले सानै उमेरदेखि थेरापी लिन थालेकी थिइन् र उनको परिवारमा घरेलु हिंसाको इतिहास रहेको उल्लेख गरिएको छ । 

यो मुद्दा करिब छ हप्ता चल्ने अपेक्षा गरिएको छ र यसले अमेरिकाभर यस्तै प्रकृतिका अन्य मुद्दामा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ । सुनुवाइका क्रममा विज्ञ, पीडित परिवारका सदस्य, साथै मेटाका सीईओ मार्क जुकरबर्ग, इन्स्टाग्राम प्रमुख एडम मोसेरी र युट्युबका सीईओ नील मोहनले साक्ष्य दिने अपेक्षा गरिएको छ । साथै, सामाजिक सञ्जालको लतसम्बन्धी विषयमा पूर्व मेटा कर्मचारी तथा ह्विसलब्लोअरहरूको बयान पनि सुन्ने तयारी अदालतले गरेको छ ।

मुद्दाको नतिजाले हजारौं अन्य मुद्दामा क्षतिपूर्ति निर्धारणका लागि आधार तय गर्न सक्ने कानुनी विश्लेषकहरूको भनाइ छ । सुनुवाइको पहिलो दिन करिब सय जना दर्शक अदालत कक्षमा उपस्थित थिए, जसमा आफ्ना बालबालिका सामाजिक सञ्जाल कम्पनीहरूको एल्गोरिदम र डिजाइनका कारण मृत्यु भएको दाबी गर्ने अभिभावक पनि सहभागी थिए ।

यसबीच मेटा र युट्युबले संघीय कानुनअनुसार तेस्रो पक्षले पोस्ट गर्ने सामग्रीका लागि आफूहरू जिम्मेवार नहुने अडान दोहोर्‍याएका छन् । उल्लेखनीय रूपमा, स्न्यापच्याटको मातृ कम्पनी स्न्याप र टिकटकले गत महिना (नाम नाखुलायेका व्यक्ति) सँग सम्झौता गरिसकेका कारण अब यस मुद्दाका प्रतिवादी नहुने बताइएको छ ।

  • Related Posts

    आर्टेमिस- २ मिशन अन्तिम चरणमा, चन्द्रमाको परिक्रमा पछि पृथ्वी फर्किँदै

    अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ ।…

    चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

    चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ । नासाको आर्टेमिस २ ले मानवलाई पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढासम्म पुर्‍याउँदै पुरानो रेकर्ड तोडेको छ । यस अभियानले अपोलो १३ ले सन्…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 29 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 22 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 24 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 22 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 139 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 21 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ