बंगलादेशका प्रधानमन्त्री रहमानको कति छ सम्पत्ति ?

बंगलादेशमा नयाँ पूर्णकालीन सरकार गठन भएको छ । बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) २० वर्षपछि भारी बहुमतका साथ सत्तामा फर्किएको छ ।

बीएनपी प्रमुख तारिक रहमानले मंगलबार प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । त्यस्तै २५ अन्य नेताहरूले २४ जनासँगै मन्त्रीको रूपमा शपथ लिएका छन् । यसका साथै, २४ अन्य नेताहरूले राज्यमन्त्रीको रूपमा शपथ लिएका छन् ।

योसँगै प्रधानमन्त्रीको रुपमा तारिक रहमानले कस्तो सुविधा पाउछन् र उनको सम्पत्ति कति छ भन्ने चर्चा शुरु भएको छ ।  प्रधानमन्त्री बनेपछि पाउने पारिश्रमिक र सुविधाहरू सम्बन्धित ऐनअनुसार निर्धारण हुने व्यवस्था छ ।

निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनको वार्षिक आम्दानी ६ लाख ७६ लाख टाका अर्थात करिब ८. ७८ लाख  नेपाली रुपैयाँ बराबर रहेको उल्लेख छ, जो शेयर, बन्डलगायतबाट आउने गर्दछ । 

उनको बैंक खातामा १ करोड २३ लाख टाका अर्थात करिब १ करोड ५९ लाख ९० हजार नेपाली रुपैयाँ बराबर हुन्छ । यसमध्ये ३१ लाख ६० हजार टाका (करिब ४१ लाख ८ हजार नेपाली रुपैयाँ) बचत खातामा र बाँकी रकम मुद्दती निक्षेपमा रहेको उल्लेख छ ।

गत आर्थिक वर्षमा उनले एक लाख टाका अर्थात् करिब १ लाख ३० हजार नेपाली रुपैयाँ बराबर कर तिरेका थिए । उनको नाममा ६८ लाख ५० हजार टाका (करिब ८९ लाख ५ हजार नेपाली रुपैयाँ) बराबरको शेयर रहेको छ । 

बोगरामा रहेको दुई एकडभन्दा बढी जग्गा खरिद गर्दा ३ लाख ४५ हजार टाका परेको थियो, जुन करिब ४ लाख ४८ हजार ५०० नेपाली रुपैयाँ बराबर हुन्छ । उनकी पत्नी जुबैदा रहमान को वार्षिक आम्दानी ३५ लाख ६० हजार टाका रहेको छ, जुन करिब ४६ लाख २८ हजार नेपाली रुपैयाँ बराबर हुन्छ । उनको बैंक मौज्दात १ करोड टाका (करिब १ करोड ३० लाख नेपाली रुपैयाँ) रहेको आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।

निर्वाचनअघि बुझाइएको विवरणमा तारिक रहमानले बोगरा–६ क्षेत्रमा चुनाव प्रचारका लागि ३० लाख टाका खर्च गर्ने उल्लेख गरेका थिए । तर उनको घोषित वार्षिक आम्दानीको तुलनामा यो खर्च बढी देखिएको भन्दै प्रश्न उठाइएको छ ।

यसअघि उनीमाथि ४ करोड ८२ लाख टाका अवैध आर्जन र ४ करोड २३ लाख टाका बराबरको सम्पत्ति लुकाएको आरोप लागेको थियो । तर पछिल्ला राजनीतिक परिवर्तनपछि बांग्लादेश सर्वोच्च न्यायालय ले सबै ७७ मुद्दामा उनलाई सफाइ दिएको छ र ती मुद्दा बन्द भएका छन् ।

अब प्रधानमन्त्री बनेपछि उनको मासिक तलब एक लाख १५ हजार टाका हुने छ भने आवास भत्ता एक लाख हुने छ । प्रधानमन्त्रीले सरकारी निवासको सट्टा निजी घरमै बस्ने निर्णय गरे पनि घरको फर्निचर र मर्मतसम्भार खर्च सरकारले बेहोर्नेछ । निवासमा प्रयोग हुने बिजुली, ग्यास, पानी तथा दूरसञ्चारसम्बन्धी सबै बिल राज्यकोषबाट तिर्ने प्रावधान छ। प्रधानमन्त्री तथा उनका परिवारलाई देशभित्र वा विदेशका अस्पतालमा निःशुल्क उपचारको सुविधा रहनेछ ।

सरकारी जिम्मेवारी तथा आन्तरिक भ्रमणसँग सम्बन्धित सम्पूर्ण खर्च सरकारले व्यहोर्नेछ । सुरक्षाकर्मीको खर्चसमेत सार्वजनिक कोषबाटै उपलब्ध गराइनेछ । औपचारिक हैसियतमा गरिने अतिथि सत्कार र कार्यक्रम खर्च पनि सरकारले नै तिर्ने कानुनी व्यवस्था रहेको छ ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 1 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    आजको मौसम पूर्वानुमान ?

    • June 8, 2026
    • 17 views
    आजको मौसम पूर्वानुमान ?

    आजको राशिफल

    • June 8, 2026
    • 15 views
    आजको राशिफल

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 113 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 60 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 71 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-