उज्यालो नेपाल पार्टी द्वारा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ फागुन । उज्यालो नेपाल पार्टीको यो प्रतिबद्धता–पत्रको सारसंक्षेपमा सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी राज्य सञ्चालनलाई चुस्त, किफायती र परिणाममुखी बनाउने कुरा उल्लेख गरिएको छ ।

यसमा सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गर्ने, प्रशासनलाई डिजिटल र पारदर्शी बनाउने, सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको वार्षिक अनलाइन सम्पत्ति विवरण सार्वजनिक गर्ने, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाई दोषीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध, गैरकानुनी सम्पत्ति राष्ट्रियकरण र “उज्यालो हटलाइन” सञ्चालन गर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ ।

यस पार्टी द्वारा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. ०२ मा प्रतिनिधि सभा सदस्य को लागी प्रत्यक्ष उम्मेदवार कृष्ण मुरारी प्रजापति ले आफ्नो पार्टी द्वारा जारी गरिएको प्रतिबद्धता पत्रको बारेमा आफ्नै निवास बीरगंज महानगरपालिका वडा नं. २६, अठराहाँ-सुगौलीमा जानकारी दिंदै केही मुख्य मुख्य बुन्दाको बारेमा चर्चा गरेका छन् ।

सोही क्रममा प्रशासनिक खर्च घटाउन प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या तथा मन्त्रालय संख्या घटाउने र राज्यमन्त्री तथा सहायकमन्त्री नराख्ने, प्रदेश स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने अवधारणा पनि रहेको छ ।

सन् २०३० सम्म $७० अर्ब र २०३५ सम्म $१११ अर्ब कुल गार्हस्थ्य उत्पादन पुर्याउने, निर्यात विस्तार र वार्षिक ९ देखि १५ लाख रोजगारी सिर्जना गर्ने, २०३० सम्म १२,००० मेगावाट र २०३५ सम्म २५,००० मेगावाट जलविद्युत उत्पादन गरी निर्यातबाट राजस्व बढाउने पनि उज्यालो नेपाल पार्टीको अवधारणा रहेको छ ।

यसै गरी कृषिमा डिजिटल पहिचानमार्फत अनुदान, जैविक कृषि विस्तार र सिँचाइका लागि निःशुल्क विद्युत, शिक्षातर्फ तोकिएका संस्थामार्फत विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिने छ ।

साथै स्वास्थ्य तर्फ निःशुल्क उपचार र वडास्तरमा मानसिक स्वास्थ्य सेवा, तथा सरकार गठनपछि हरेक वर्ष कार्यान्वयन प्रगतिको “रिपोर्ट कार्ड” सार्वजनिक गर्ने प्रतिवद्धता समेटिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 62 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 54 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views