नेशनल मेडिकल कलेज द्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, १० फागुन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर सम्पूर्ण आवश्यक एक्सेसरिज सहित तथा युपिएस सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रम आईतबार मेडिकल कलेजको सम्मेलन हल, वीरगञ्ज–१५, पर्सामा सम्पन्न भएको हो ।प्रविधिगत पूर्वाधार सुदृढीकरणमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा छिटोछरितो बनाउने उद्देश्यले उक्त सामग्री सहयोग गरिएको हो ।

यस सहयोगबाट नेपाल प्रदेश प्रहरी कार्यालय विरगन्जको प्रशासनिक कार्यसम्पादन तथा सूचना व्यवस्थापन प्रणालीमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ ।

हस्तान्तरण कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारीज्यूले सामग्री हस्तान्तरण गर्नुभएको थियो भने नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सामग्री ग्रहण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा एडमिसन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, साथै मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

नेशनल मेडिकल कलेजले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै समाज र सुरक्षा निकायबीच सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    काठमाडौँ । इरानले अमेरिकासँग वार्ताको सम्भावना भइरहेकै बेला कडा अडान सार्वजनिक गर्दै युद्धक्षेत्रमा नयाँ रणनीति अपनाउने तयारी गरेको जनाएको छ । इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत अमेरिकाको…

    पहिलो

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 16 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 15 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 18 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 16 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 17 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम

    • April 21, 2026
    • 20 views
    बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम