निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

 आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखिएका गतिविधिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

आयोगले निर्वाचनपूर्व अनुगमन कार्यलाई तीव्र बनाउँदै शान्तिसुरक्षा र निष्पक्ष निर्वाचन वातावरण सुनिश्चित गर्न सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ ।

दाङ, रौतहट, पर्सा लगायतका जिल्लामा दल र समूहबीच विवाद बढ्दै निषेधाज्ञासम्म जारी गर्नुपरेका घटनाले निर्वाचन र शान्तिसुरक्षामा चुनौती थपिएको आयोगको भनाइ छ । दलका नेता तथा कार्यकर्ताबाट हुने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले वातावरण झनै बिग्रन सक्ने चेतावनी दिइएको छ ।

आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा प्रत्यक्ष वा परोक्ष रूपमा बालबालिकाको प्रयोग भएकोप्रति पनि चिन्ता व्यक्त गरेको छ । सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत बालबालिकालाई संलग्न गराइएको विषय अनुगमनका क्रममा देखिएको जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री ढङ्गले सम्पन्न गर्न सबै दल, उम्मेदवार, नागरिक समाज, विद्यालय, अभिभावक तथा सरोकारवालाले संयमता अपनाउन, घृणायुक्त अभिव्यक्ति नदिन र बालबालिकाको प्रयोग नगर्न आयोगले आग्रह गरेको छ ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 12 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 26 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 26 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 25 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 30 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    आजको मौसम पूर्वानुमान ?

    • June 8, 2026
    • 30 views
    आजको मौसम पूर्वानुमान ?