भारतको ‘केरला’ को नाम परिवर्तन गरिदै, मन्त्रिपरिषदले गर्यो अनुमोदन

 भारत सरकारले ‘केरला’ को नाम परिवर्तन गरेको छ ।

केन्द्रीय सरकारको मन्त्रिपरिषद्को बैठकले केरलाको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई अनुमोदन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यद्यपि, नाम परिवर्तन गर्ने प्रक्रिया भर्खरै सुरु भएको छ ।

केन्द्रीय मन्त्रिपरिषद्को स्वीकृतिपछि, भारतका राष्ट्रपतिले केरला विधान सभामा रायको लागि विधेयक पठाउनुपर्ने कानुनी प्रावधान रहेको छ । यो प्रक्रिया संविधानको धारा ३ अन्तर्गत गरिनेछ । राज्य विधान सभाको राय प्राप्त गरेपछि, भारत सरकारले थप कारबाही गर्नेछ । विधेयक संसदमा पेश गर्न राष्ट्रपतिको सिफारिस खोजिनेछ । यो विधेयकले राज्यको नाम ‘केरला’ बाट ‘केरलम’ राख्नेछ ।

पीआईबीले सरकारको निर्णयको बारेमा भनेको छ- ‘प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले आज केरलाको नाम परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।’

यसअघि केरला विधान सभाले जुन २४, २०२४ मा राज्यको नाम ‘केरला’ बाट ‘केरलम’ राख्ने प्रस्ताव पारित गरेको थियो ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 85 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 51 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 67 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 57 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 39 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन