युएईमा इरानको अहिलेसम्म १८९ ब्यालेस्टिक र ८ मिसाइल तथा ९४१ ड्रोन आक्रमण

काठमाडौँ ।  युएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले आज तीन वटा ब्यालेस्टिक मिसाइलहरू रोक्न सफल भएको छ भने १२९ वटा ड्रोनमध्ये १२१ वटा ड्रोनलाई मार्फत नष्ट गरेको र ८ वटा ड्रोन युएईको भूभागमा खसेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार, इरानी आक्रमण सुरु भएयता युएईतर्फ प्रहार गरिएका १८९ वटा ब्यालेस्टिक मिसाइलमध्ये १७५ वटा मिसाइल नष्ट भएका छन् । यसमा १३ मिसाइल समुद्रमा खस्दा १ मिसाइल युएईको भूभागमा खसेको छ । त्यस्तै, ९४१ वटा इरानी ड्रोनमध्ये ८७६ वटा ड्रोन नष्ट भए भने ६५ वटा ड्रोन युएईको भूभागमा खसेका छन् । यसका अतिरिक्त ८ वटा क्रुज मिसाइल नष्ट गर्दा केही आवासीय सम्पत्तिमा सामान्य क्षति भएको र पाकिस्तान, नेपाल, र बंगलादेशका एक एक नागरिकको मृत्यु भएको छ । ७८ जनामा सामान्य घाइतेको विवरण पनि मन्त्रालयले दिएको छ ।

मन्त्रालयले देशभर सुनिएका आवाज हवाई सुरक्षा प्रणालीद्वारा मिसाइल रोक्ने र ड्रोन तथा क्रुज मिसाइल नियन्त्रण गर्ने क्रममा उत्पन्न भएको बताउदै, जसले केही आवासीय सम्पत्तिमा सामान्यदेखि मध्यम स्तरको क्षति पुऱ्याएको  उल्लेख गरेको छ ।

मन्त्रालयले यो सैन्य आक्रमणलाई राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन मान्दै कडा निन्दा गरेको छ । यसले युएईलाई आफ्नो भूभाग, जनसाधारण र बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने पूर्ण अधिकार सुरक्षित रहेको जनाएको छ ।

मन्त्रालयले नागरिक, बासिन्दा र आगन्तुकको सुरक्षा सर्वोच्च प्राथमिकता भएको र यसमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ । साथै, जनतालाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अफवाह तथा अविश्वसनीय सूचना फैलाउन नगर्न आग्रह गरिएको छ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 46 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 121 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 139 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 80 views