फागुन २१ ओलीको जीवनका दुई संयोग 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्नो जीवनका दुई विशेष संयोग जोडिएको दिन भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत ओलीले आज सुखानी शहीद दिवस पनि रहेको र यही दिन छ वर्षअघि आफ्नो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको स्मरण गरेका हुन् । यी दुवै दिन आफू मृत्युको मुखबाट फर्किएर नयाँ जीवन पाएको दिनजस्तै भएको उनले उल्लेख गरेका छन् ।

ओलीले झापा आन्दोलनले निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको आवाज उठाएको भन्दै सो क्रममा आफूहरूलाई जेल हालिएको पनि स्मरण गरेका छन् । त्यस्तै त्यही आन्दोलनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको उनले बताएका छन् ।

उनले आफूलाई पनि त्यतिबेला जेल सार्ने बहानामा लगिँदा मृत्युको मुखबाट फर्किएको स्मरण गर्दै पछि १४ वर्ष कठोर कारावास बिताएको उल्लेख गरेका छन् ।

देशलाई लोकतन्त्रको उज्यालो बिहानतर्फ लैजान बलिदान दिएका ती पाँच अमर शहीदप्रति उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै फागुन २१ आफूले कहिल्यै नबिर्सने दिन भएको पनि ओलीले उल्लेख गरेका छन् ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 23 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 23 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 21 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 32 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 27 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 21 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का